News

देउवालाई ओलीको सन्देशः पुतली जस्तो सरकार बनाउनु भन्दा एमालेसँग मिल्नोस

देउवालाई ओलीको सन्देशः पुतली जस्तो सरकार बनाउनु भन्दा एमालेसँग मिल्नोस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पुतली जस्तो सरकार बनाउनु भन्दा बलियो सरकार वनाएर जान’ कांग्रेस सभापति शेरवहादुर देउवालाई सन्देश पठाएका छन् । 

ओलीले कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएर जान सकिने विकल्पसहित एमाले सहकार्यका लागि तयार रहेको सन्देश पठाएका हुन। 

बालुवाटार उच्च स्रोका अनुसार गत आइतबार कांग्रेस नेता सिंह ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसअघि उनको प्रधानमन्त्री देउवासँग भेट भएको थियो। 

बालकोटको भेटमा प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँगै आगामी सत्ता सहकार्यबारे कुराकानी भएको श्रोतले दावी गरेको छ।

ओलीसँग भएको कुराकानीबारे सिंहले बुधबार बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ओलीले ‘सत्ता गठबन्धनमा बहुमत पुग–नपुग भएकाले मिलेर जान सकिने कुरा सभापतिलाई भन्नुहोला’ भन्दै सिंहलाई सन्देश पठाएको पाईएको छ।

‘पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला’ भन्दै ओलीले पठाएको सन्देश सिंहले देउवालाई सुनाइसकेका छन् ।

वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ । देउवाको पहिलो प्राथमिता वर्तमान गठबन्धन नै हो । तर, माओवादीले गठबन्धन तोड्न सक्ने सन्देश दिईसकेकाले ओलीको सन्देशलाई पनि सकारात्मक रुपमा लिनु सक्ने पार्टीका नेताहरु वताउँछन् ।

गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन सक्ने उनीहरुको वुझाई छ। 
 

विशेष