News

सन्दीप प्रकरणमा किशोरीको बकपत्र उजुरी भन्दा कडाः सिकाएको र घोकेजस्तो

सन्दीप प्रकरणमा किशोरीको बकपत्र उजुरी भन्दा कडाः सिकाएको र घोकेजस्तो

बलात्कार आरोपमा पुर्वक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने किशोरीको वकपत्रका कारण अझै समस्यामा परेका छन् । जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिँदा प्रहरी र सरकारी वकिललाई दिएको भन्दा कडा वयान दिएको वताईएको छ।

अदालतले किशोरीसँग दुई पटक गरी बकपत्र गराएको छ। बकपत्रका क्रममा उनले वयान फेर्न सक्ने आशंका गरिएपछि त्यसको उल्टो भएको छ । किशोरीले जाहेरी भन्दा कडा बकपत्र गरेको श्रोतले जनाएको छ।

तर, उनको प्रस्तुती भने कसैले सिकाएको र घोकेर पढेजस्तो देखिएको जनाईएको छ। उनी अहिले माइती नेपालको संरक्षणमा छिन् । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन समेत नदिई राखिएको सुचनाहरु चुहिएका छन् ।

अदालतले अब उनको वास्तविक उमेर तथा बलात्कार वा सहमतिको सम्बन्ध भन्ने विषयमा हेर्ने कानुन ब्यवसायीहरु वताउँछन् । किशोरी नाबालिग नै हुन् र शारीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा सजाय हुन सक्छ । तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।

किशोरीले नागरिकता र पछि बनाएको जन्म दर्ताको आधारमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बताएकी छन् । तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालयका प्रमाणपत्र तथा सुरुको जन्म दर्ताले १८ वर्ष कटिसकेको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिलहरुले दावी गरेका छन् ।

यदि सन्दीपका वकिलहरूले पेश गरेका कागजातहरू सही ठह¥याएर किशोरी नाबालिग नरहेको निष्कर्ष निस्किए उनले राहत पाउने छन् । र, सहमतिमा सम्बन्ध रहेको पुष्टि भए सन्दीप निर्दोष ठहरिन सक्छन् ।
 

सन्दीप लामिछाने

विशेष