News

गठबन्धनलाई निरन्तरता दिने गरी सकियो बालुवाटार वैठक

गठबन्धनलाई निरन्तरता दिने गरी सकियो बालुवाटार वैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठक सकिएको छ । 

चुनावपछि गठबन्धनको बैठक पहिलोपटक बसेको हो । बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ ।

सोमबार अपराह्न ३ बजे सुरु भएको बैठकमा सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ । गठबन्धनले बागी उम्मेदवारलाई भने कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकपछि गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेको छ । वक्तव्यमा चुनावमा सहभागी भएकोमा देशवासीलाई धन्यवाद दिइने र नयाँ सरकारबारे पनि धारणा सार्वजनिक गरिने जनाइएको छ । 
 

विशेष