News

चर्चित एलओडीको अँध्यारो पाटोः गुन्डा राखेर असुलिन्छ पैसा

चर्चित एलओडीको अँध्यारो पाटोः गुन्डा राखेर असुलिन्छ पैसा

काठमाडौं जिल्ला सुरक्षा समितिको मंगलवार वसेको बैठकले रात्रिकालीन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय ग¥यो। बिहीबार जानकारी गराईएको निर्णयअनुसार मदिरा पसलहरू राति १० बजेसम्म, रेस्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म खुल्ने छन् ।

यसैगरी, डिस्को तथा नाइट क्लब भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। तर, ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिंक्स्) क्लव भने यसअघि देखिनै रातभरी सञ्चालन हुँदै आएको छ। देशको कानुनले समेत रोक्न नसकेको यो क्लवमा साँझ पर्दै गएपछि तन्नेरीहरूको भिड वढ्दै जान्छ।

रात गाढा हुँदै गएपछि यो नाईट क्लवमा युवाहरु संगितको तालमा खाने, पिउने गर्छन । र रातभरी झुम्छन्। अधिकांशले एलओडीमा रातै विताउँछन्। करिव मध्येरात सम्म खोल्ने अनुमती पाउँदा समेत एओडी विहान ५ वजेसम्मै खुल्ने गरेको थियो।

युवाहरुले एलओडिमा प्रवेश शुल्क मात्रै १ हजार तिर्छन। यहाँ विक्रि हुने सामानको मुल्य वजार भाउ भन्दा ४÷५ गुणा महंगो छ। भिआइपीमा टेबल बुकिङ गर्न २५ देखि ३० हजार रुपैयाँ तिर्नुपर्छ । एउटा टेबलमा ६–७ जना अटाउँछन । भिभिआइपीतर्फ टेबल बुक गर्न ५० हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्नुपर्छ । भिभिआइपीमा दुईवटा क्याटेगोरी छन् ।

आफूले प्याकेज किन्दा तिरेको रकमबराबरको जे खान पनि पाइन्छ । तर, एओडीले कसैलाई पनि सामान खरिदको विल भने दिदैन। समान र सेवा विक्रिको विल नदिएको विषयमा कोही बोल्न चाहाँदैनन् ।

कहिलेकाँही यस्तोसम्म अवस्था आउँछ, खाँदा खाँदै युवाहरुको गोजिको पैसा रित्तिन्छ। पुग्दो पैसा नभएपछि एओडी ब्यवस्थापनले उनीहरुसँग जवरजस्ती पैसा असुल्छ। जसका लागि एओडीले विभिन्न नाममा दर्जनौ गुण्डा समेत पालेर राखेको वताईन्छ।

एलओडीका प्रतिनिधि भने यो सवै आरोप अस्विकार गर्छन। रिजर्भेसन हेर्ने सहदेव सेढाई भन्छन–‘विल नदिने भन्ने कुरै हुँदैन। माग्नेजति सवैलाई विल दिने गरेको छ। वाहिर काउण्टरदेखि नै विल दिन्छौ। अधिकांश झ्यापमा हुन्छन, त्यसै जान्छन। भोलीपल्ट आएर के खाएँ, के गरे भन्ने नै थाहा नहुनेलाई के आधारमा विल दिने ?’

विल माग्न नआउनेलाई भने खोजिखोजी दिन सक्ने अवस्था नभएको उनको भनाई छ।

एलओडी चर्चित नाईट क्लव हो। जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘केपी बा’ बोलको ¥याप गीत सार्वजनिक गर्न पुगेका थिए भने ०७६ मङ्सिरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि त्यहाँ पुगेका थिए । उनले ‘रातो र चन्द्रसूर्य जंगी निसान हाम्रो’ गीतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो।

यसैगरी, गत वैशाखमा भारतको कांग्रेस आईका नेता राहुल गान्धी २५ जनाको टोलीसहित एलओडी पुगेका थिए। सीएनएन पत्रकार सुम्निमा उदासको विवाहमा भाग काठमाण्डौ आएका गान्धीले डेढ घण्टा त्यहाँ बिताएका थिए । 

विशेष