News

दोलखामा पछि परे एमाले उम्मेदवार, गठबन्धनलाई १९९५ मतको अग्रता

दोलखामा पछि परे एमाले उम्मेदवार, गठबन्धनलाई १९९५ मतको अग्रता

दोलखामा माओवादी केन्द्रका उम्मेदवार १ हजार ९ सय ९५ मतले अगाडि लागेका छन् । प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा एमालेका उम्मेदवारलाई उछिनेर सत्ता गठबन्धनका उम्मेदवार अगाडि लागेका हुन।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन्।

८१ हजार ८८ मत गणना हुँदा कार्कीले अग्रता बढाएका हुन्।

एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर अहिले ११९५ छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३६३१ मत ल्याउँदा राप्रपाका विजय खड्काले १५०६ मत प्राप्त गरेका छन्। 

मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुनः मतदान गरिएको थियो। 
 

विशेष