News

दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी, माओवादीले १८ सिट पुर्यायो

दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी, माओवादीले १८ सिट पुर्यायो

दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कार्कीका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ५१८ मतान्तरले पराजित गरेका हुन् ।

अहिले समानुपातिकको गणना भइरहेको छ । समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितको अन्तरको अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ९९५ र शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका छन् ।

यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ । 
 

विशेष