News विदेश

सिङ्गापुरको अस्पतालमा आज लालुको शल्यक्रिया, छोरीले गरिन प्रार्थना

सिङ्गापुरको अस्पतालमा आज लालुको शल्यक्रिया, छोरीले गरिन प्रार्थना

भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको आज मिर्गौला प्रत्यारोपण हुने भएको छ। 

लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिने भएको छ । लालु यादवकी छोरी रोहिणी आचार्यले बुवालाई मिर्गौला दान गरेकी छन् । उनले अस्पतालबाट एउटा तस्विर शेयर गर्दै मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरेकी छिन् ।

रोहिणी आचार्य सिंगापुरमा बस्छिन् । मिर्गौला म्याच भएपछि रोहिणीले ट्विट गरेकी थिइन्, ‘जुन पिताले यो दुनियाँमा मलाई आवाज दिनुभयो, जो मेरो सबथोक हुनुहुन्छ, उनका लागि यदि मैले जीवनको सानै भएपनि योगदान दिन पाउँछु भने यो त मेरो परम सौभाग्य हुनेछ । धर्तीमा भगवान भनेको आमा–बुवा मात्रै हुन्, उनीहरुको पूजा र सेवा हरेक सन्तानको कर्तव्य हो ।’

राजद प्रमुख लालुप्रसाद यादवका नौ सन्तान छन् भने रोहिणी आचार्य उनकी दोस्रो नम्बरकी छोरी हुन् । गत महिना रोहिणी आचार्य र लालुप्रसाद यादवको मिर्गौला म्याच भएको थियो । राजदका प्रमुख लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि छन् ।

गत जुलाईमा लालुप्रसाद यादव पटनास्थित आफ्नै घरमा लडेका थिए, जसका कारण उनी नराम्ररी घाइते भएका थिए । 
 

विशेष