News

तोसिमा कार्कीले दिईन राजिनामा, काउन्सिलका रजिष्ट्रारले गरे पुष्टि

तोसिमा कार्कीले दिईन राजिनामा, काउन्सिलका रजिष्ट्रारले गरे पुष्टि

प्रतिनिधि सभामा निर्वाचित भएपछि डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् । उनले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । आइतबार उनले राजिनामा दिएको जनाईएको छ। राजिनामा पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरिएको छ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । उनले उम्मदेवारी दर्ता गरेपछि काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेको थियो।

निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
 

विशेष