News

रासायनिक मलको विषयमा विवाद हुँदा दोहोरो झडप

रासायनिक मलको विषयमा विवाद हुँदा दोहोरो झडप

रासायनिक मलको विषयमा विवाद हुँदा बारामा दुई पक्षबीच झडप भएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले झडपको रुप लिएको हो ।

वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।

४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण त्यहाँ पुगेका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार सोही तालाबन्दी खोल्न लाग्दा विवाद भएर झडप भएको हो ।

दुवै पक्ष लाठीभाटा लिएर बसेका कारण स्थिति तनावपूर्ण रहेको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालय सिम्रौनगढका अनुसार वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन ।
 

विशेष