News

सरकारमा जान रेशम चौधरीको बटमलाईनः टिकापुर घटनामा आममाफी

सरकारमा जान रेशम चौधरीको बटमलाईनः टिकापुर घटनामा आममाफी

नागरिक उन्मुक्ति पार्टीले टिकापुर घट्नामा आममाफी दिए मात्र सरकारमा सहभागि हुन वटमलाईन तयार गरेको छ। डिल्ली बजार जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूहरुका माग सम्बोधन गर्नेसँग सहकार्य हुन सक्ने बताए।

४ सिटसहित सङ्घीय संसदमा प्रवेश गर्न लागेको पार्टीका संरक्षक चौधरीले यो निर्वाचनबाट आफ्नो पार्टीको विचार र मुद्दा अनुमोदन भएको पनि बताए। ‘जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन्। हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ’, उनले भने, ‘जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ। तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन।’

टीकापुरमा बालकसहित आठजनाको हत्या भएको घटनालाई पनि राजनीतिक भएको उल्लेख गरे। उनले आफू आठ वर्षदेखि जेलमा रहेको बताउँदै कुनै पनि दलले आफूहरुका माग नसुनेको पनि बताएका छन्। 

सरकारमा जान सकारात्मक भए पनि माग सम्बोधन आफूहरुको पहिलो एजेन्डा रहेको उनको भनाई छ। टीकापुरमा भएको घटनालाई राजनीतिक रुपमा नहेरेसम्म सहकार्य नहुने उनले वताए ।
 

विशेष