News

विष्णु पौडेलका प्रतिस्पर्धिले पुन मतदानको माग गर्दै सर्वोच्चमा दिए रिट

विष्णु पौडेलका प्रतिस्पर्धिले पुन मतदानको माग गर्दै सर्वोच्चमा दिए रिट

रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालत पुगेका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित गराएको भन्दै रिट दर्ता गरेका छन् ।

पौडेलले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरेका छन्। ‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु’ सामाजिक सन्जालमा उनले लेखेका छन्–‘ ‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ।’

मंसिर ४ गते भएको मतदानबाट रुपन्देही–२ मा नेकपा एमालेका विष्णु पौडेल निर्वाचित भएका छन्। उनले २७ हजार १४८ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका छन्।
 

विशेष