News

एलओडीको दावीः गुण्डा राखेर पैसा असुलेको छैन

एलओडीको दावीः गुण्डा राखेर पैसा असुलेको छैन

काठमाण्डौंको ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिंक्स) क्लवले आफुले गुण्डा प्रयोग गरेर पैसा असुल नगरेको जनाएको छ।

रिजर्भेसन हेर्ने प्रतिनिधि सहदेव सेढाईले एलओडीमा गुण्डा राखेर ग्राहकसँग धेरै पैसा असुल नगरेको वताए । उनले हरेक सामानको कम्प्युटर विलिङ्ग हुने भएकाले धेरै पैसा लिने कुरा असत्य भएको वताए ।

उनले हरेक क्लवदेखि फाईव स्टार होटल सम्मले बाउन्सर राख्ने गरेको र उनीहरुको काम भनेको सुरक्षा दिने मात्रै भएको सेढाईले तर्क गरे। वाउन्सर र सेक्युरिटीलाई गुण्डा भन्न नमिल्ने उनले जिकिर गरे। 

विल भुक्तानी गर्ने क्रममा कहिलेकाही सानातिना समस्या आउने र त्यसको समाधान भने पहिलो चरणमा उनीहरुले नै गर्ने र त्यसपछि कानुनी प्रकृयामा जाने गरेको सेढाईको भनाई छ।

कतिपय ग्राहकले भने एलओडीले सेवा र सामानको विल नदिने गरेको र दुर्ब्यवहार समेत गर्ने गरेको आरोप लगाउने गरेका छन् ।

यो पनि,

एलओडी

विशेष