News

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सामान चोरले जस्तो रातारात किन सारियो देउखुरी ?

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सामान चोरले जस्तो रातारात किन सारियो देउखुरी ?

लुम्बिनी प्रदेशको स्थायी राजधानीको विवाद अहिले पनि साम्य भएको छ। विवादकै बीच बुटमलमा रहेको मुख्यमन्त्री कार्यालयको सामान चोरले जस्तै रातारात दाङको देउखुरीमा पुर्याईएको छ।

मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा पुर्याईएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए ।

मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको उनले बताए । प्रदेशसभाको निर्णयलाई कार्यान्वयन गर्न बुटवलबाट समानहरु देउखुरी लगिएको वताईएको छ। स्थानीयका अनुसार सोमबार राति साढे १० बजेतिर मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट देउखुरीका लागि हिंडेको थियो ।

बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम पनि बन्द गरिएको छ ।

लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले ०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो । त्यसपछि देउखुरीमा संरचनाको अभाव देखाउँदै दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन । अहिले भने राप्ती प्राविधिक शिक्षालय रहेका भवनहरुमा मन्त्रालयहरु स्थानान्तरणको काम भइरहेको छ ।
 

विशेष