News

एमालेलाई लिएर जसपाका २ अध्यक्षबीच खटपटः राई भन्छन्– उपेन्द्रको धारणा ब्यक्तिगत

एमालेलाई लिएर जसपाका २ अध्यक्षबीच खटपटः राई भन्छन्– उपेन्द्रको धारणा ब्यक्तिगत

एमालेसँगको सम्वन्धको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष अशोक राईका विचमा विवाद देखिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिए पनि संघीय परिषद अध्यक्ष कुमार राईले भने त्यो यादवको व्यक्तिगत धारणा भएको र एमालेसँगको तालमेल अहिले कायमै रहेको प्रतिक्रिया दिएका छन् । 

एमालेसँगको तालमेल सकिएको भन्दै अध्यक्ष यादवले दिएको अभिब्यक्ति उनको व्यक्तिगत धारणा भएको उनको भनाई छ। यादवले नै सही गरेको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने उल्लेख रहेको उनले वताए ।

‘यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ’ राईले भने–‘तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ ।’

परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण बनोस भन्नेमा आफुहरुको जोड रहेको पनि उनले वताए ।
 

विशेष