News

एमालेलाई लोप्पा खुवाएर समाजवादीमा प्रवेश गरे दिपक मनाङे

एमालेलाई लोप्पा खुवाएर समाजवादीमा प्रवेश गरे दिपक मनाङे

दुई पटक स्वतन्त्र रुपमा निर्वाचित भएका गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट  प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। ०७४ को चुनावमा मनाङेले एमालेको समर्थनमा नै चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन भएकाले माओवादी केन्द्रले पनि उनलाई नै मत दिएको थियो । तर मनाङेले कांग्रेसलाई समर्थन गण्डकी प्रदेशमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढालेका थिए।

मनाङे अहिले नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री छन् । अघिल्लो पटक उनले दिएको धोकालाई भुलेर यसपटक पनि नेकपा एमालेले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट मनाङेलाई समर्थन गरेको थियो।

मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन । यता, स्वतन्त्र उम्मेदवारी दिएका ब्यक्ति समेतले उम्मेदवारी फिर्ता लिएपनि उनी निर्विरोध बन्न सफल भएका थिए।

यो पनि,

दिपक मनाङे

विशेष