News

गठबन्धनको बैठकमा घण्टीको भोटलाई लिएर बबाल !

गठबन्धनको बैठकमा घण्टीको भोटलाई लिएर बबाल !

सरकार गठन तथा चुनावी समिक्षाका विषयमा छलफल गर्न सोमवार बालुवाटारमा वसेको सत्ता गठबन्धनको वैठकमा कांग्रेसको भोट घण्टीमा गएको विषयमा बबाल भएको छ।

चुनावपछि पहिलो पटक बसेको गठबन्धनको बैठकमा छलफलका क्रममा घण्टीको चर्चा सुरु भएपछि कांग्रेसकै उम्मेदवारलाई कांग्रेसकै नेता कार्यकर्ता पनि हराउने भुमिका खेलेको भन्दै कतिपय नेताले यस्तो किन भयो ? भनेर प्रश्न गरेका थिए।

काठमाडौं उपत्यका लगायतका कतिपय स्थानमा गठबन्धन दल कांग्रेस, माओवादी र समाजवादीका उम्मेदवारलाई रास्वपाका उम्मेदवारले पराजित गरेका थिए । काठमाडौं नम्बर २, ६,७, चितवन लगायतका जिल्लामा गठबन्धनका उम्मेदवारले अनपेक्षित हार बेहोर्नुपरेको छ, जसमा घण्टीको प्रभाव देखिन्छ । यो विषय कति चुनौतीपूर्ण हो भन्ने ढंगले छलफलहरू भएको एक नेताले वताए ।

बैठकपछि चार दलका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्दै निर्वाचन नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको जनाएका छन् । बैठकमा नेताहरुले गठबन्धनका निम्ति एमाले भन्दा पनि घण्टी चुनौतीका रुपमा देखा परेको धारणा समेत राखेका थिए ।

बैठकमा कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले गठबन्धनलाई असफल पार्ने विभिन्न प्रयासहरु भएपनि पक्षमा जनमत रहेकाले आगामी दिनमा कमजोरीलाई सुधार्दै अघि बढ्नुको विकल्प नभएको बताएका थिए । 

विशेष