आयो समानुपातिकतर्फको अन्तिम परिणाम, यस्तो छ बाँडफाँट
![आयो समानुपातिकतर्फको अन्तिम परिणाम, यस्तो छ बाँडफाँट](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%86%E0%A4%9C%2002_78/2022/11/nirbachan-2079.jpg)
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ।
एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ।
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ सिटसहित २९ सिट जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ।
प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।