News

भिमराव अम्बेडकरलाई राष्ट्रिय एकता अभियानले यसरी सम्झियो

भिमराव अम्बेडकरलाई राष्ट्रिय एकता अभियानले यसरी सम्झियो

राष्ट्रिय एकता अभियानले भारतका प्रसिद्ध विद्वान, संविधान निर्माता डा. भिमराव अम्बेडकरको स्मरणमा एक कार्यक्रमको आयोजना गरेको छ।

अम्बेडकरले ६५ वर्ष अघि ६ डिसेम्बरका दिन देहत्याग गरेका थिए। सन १९५६ मा उनको स्वर्गबास भएको थियो। यहि सन्दर्भमा राजधानि काठमाडौंमा अभियानले कार्यक्रमको आयोजना गरेको हो ।

उनले भनेका थिए–‘जबसम्म तिमीले समान अवसर, स्वतन्त्रता र सामाजिक न्याय हासिल गर्न सक्दैनौं, कथित ‘लोकतन्त्र’ले जुनसुकै हकअधिकार दिएपनि त्यो तिम्रो लागि कुनै कामको हुँदैन।’ भारतीय समाजमा हरेक जाति, वर्ग र समुदायका प्रिय डा. अम्बेडकर विश्वकै सबैभन्दा ठूलो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भारतका संविधान निर्माता हुन् ।

अहिले भारत जुन विकास, उन्नति र समृद्धिको सपनासहित महाशक्ति राष्ट्रको रुपमा उदय हुँदैछ, त्यो डा. अम्बेडकरद्वारा लिखित संविधानको जग र बलमा मात्र सम्भव रहेको कार्यक्रमका वक्ताहरुले बताए । 

आम्बेडकरको विचार र सिधान्तको गलत व्याख्या भइरहेको भन्दै उनको स्वतन्त्रता, समानता र समावेशी सिद्धान्तको आधारमै सामाजिक सद्भाव कायम हुन सक्ने उनिहरुले बताए । आफ्ना क्रान्तिकारी र सुधारवादी विचारका आधारमा विश्वभर परिचित डा आम्बेडकर नव भारतको निर्माणमा भुमिका खेल्ने एक एतिहासिक एवम सम्मानित राजनेता भएको अभियानका अध्यक्ष विनय यादवले वताए ।

यादवका अनुसार अम्वेडकरलाई कुशल अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारकको रूपमा भारत बाहिर पनि स्मरण गर्ने गरिएको छ ।


सनातन धर्म भित्रको विकृति र विसङ्गति बिरुद्ध अभियान चलाएर धर्म र संस्कृतिको स्वच्छतामा योगदान दिएका डा आम्बेडकरलाई एक श्रेष्ठ मानवतावादी नेताको रुपमा स्मरण गर्दै अभियानका अध्यक्ष यादवले सनातन धर्मको सबलताका लागि जातीय छुवाछूत लाई गम्भिर समस्याको रुपमा इगिंत गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोगकी सदस्य रेणु साहले राष्ट्रिय एकता अभियानको प्रशंसा गरिन। राष्ट्रियता र मौलिक पहिचानका लागि लडिरहेको अभियानलाई नैतिक समर्थन र सहयोग रहने उनको भनाई थियो।

कार्यक्रममा अभियानका केन्द्रिय सदस्य चन्द्र यदुवंशी, मिनादेवी साह, युवा अभियन्ता राजीव देव, अभियान निकट विधार्थी परिषदका पप्पू यादव लगायतले बोलेका थिए । 
 

विशेष