News

तारा एयरको जहाज चिलसँग ठोक्कियो, जहाजको अगाडिको भागमा प्वाल

तारा एयरको जहाज चिलसँग ठोक्कियो, जहाजको अगाडिको भागमा प्वाल

हुम्लामा तारा एयरको जहाज चिलसँग ठोक्किएको छ। चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ।

बुधबार दिउँसो नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाज चिलसँग ठोक्किएको हो। नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ वजेर ४५ मिनेटमा उडेको थियो।

त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्छ। विमानस्थल पुग्नु ४–५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका सिडिओ अमृतप्रसाद सुवेदीले जानकारी दिए। 

जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए। उनीहरू सुरक्षित छन्।

विशेष