News

प्रदिप पौडेल र कुलमान घिसिङका बीचमा यस्तो सहमति

प्रदिप पौडेल र कुलमान घिसिङका बीचमा यस्तो सहमति

काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल र नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङबी भेटघाट भएको छ।

नेपाली कांग्रेसका नेता समेत रहेका पौडेलले घिसिङलाई भेटेर बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

उनले काठमाण्डौ ५ सहित उपत्यकाभित्र रहेका बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेको पौडेलको सचिवालयले जनाएको छ। चुनावका बेला घरदैलोमा पुग्दा बिजुलीका नाङ्गा तारले समस्या निम्त्याएको जनगुनासो सुनेका पौडेलले समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

घरको धुरीबाट बिजुलीको नाङ्गो तार गएकोले बालबालिकाले छुनसक्ने भन्दै पौडेलसँग काठमाडौं ५ का स्थानीयले गुनासो गरेका थिए । प्राधिकरणका प्रमुख घिसिङले पौडेलको कुरामा सहमति जनाएका छन् । उनले कतिपय ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम भइरहेको बताएका थिए। भित्री सडकहरूमा बाटो र ढलका कारण काम गर्न असजिलो भइरहेको उनको भनाइ थियो। 
 

विशेष