News

समानुपातिक सांसदको मोलमोलाई गर्न खुमलटारमा नेताहरु खचाखच

समानुपातिक सांसदको मोलमोलाई गर्न खुमलटारमा नेताहरु खचाखच

समानुपातिकको सिट बाँडफाँडसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा नेता/कार्यकर्ताको भिडभाड छ।

मत परिणामका आधारमा माओवादीले समानुपातिकतर्फ १४ सिट मात्रै पाएपछि सांसद वन्न तँछाडमँछाड चलिरहेको छ। समानुपातिक सूचीमा रहेकाहरू हरेक दिन आफूलाई राख्न दबाब दिदै दाहाल निवास पुग्ने गरेको श्रोतले जनाएको छ।

समानुपातिक सूचीको अन्तिमतिर नाम भएकाहरु पनि सुचि सच्याएर भएपनि आफुलाई सांसद वनाउनु पर्यो भन्दै आउने गरेको कतिपय नेताहरु बताउँछन् । पार्टीका उम्मेदवारलाई हराउन योगदान गरेका नेताहरु समेत अहिले खुमलटार ओहोरदोहोर गरिरहेको श्रोत वताउँछ।

सांसद वन्न हानाथाप गर्दै आउने नेताहरुका कारण दाहालको दैनिक जिवन समेत अस्तब्यस्त भएको बताईन्छ। माओवादीले समानुपातिकतर्फ पाएका १४ सिटमध्ये ११ जना महिला पठाउनु पर्नेछ। अहिले राष्ट्रिय सभामा माओवादीका १४ जना सांसद छन्। तीमध्ये ३ जना महिला छन्। 

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट १८ जना निर्वाचित हुँदा दाङ २ बाट रेखा शर्मा निर्वाचित भएकी छन्। यसरी अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा माओवादी केन्द्रका ४ जना महिला सांसद हुने भएका छन्।

सबै सिट गरेर संघीय संसदमा ४६ सिट पाउने माओवादीले ३३ प्रतिशत महिला पु¥याउन समानुपातिकबाट धेरै महिला पठाउनु पर्ने देखिएको हो। 
 

विशेष