News राजनीति

आफु चुनाव हार्नुमा उपेन्द्र यादवको भुमिका रहेको गच्छेदारको आरोप

आफु चुनाव हार्नुमा उपेन्द्र यादवको भुमिका रहेको गच्छेदारको आरोप

सुनसरीबाट एमाले उम्मेदवारसँग पराजित भएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको बताएका छन्। उनले देशलाई स्थिरता दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने सुझाव समेत दिए ।

‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ’ उनले भने–‘यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु।’ काठमाण्डौं फर्केर आफुले कांग्रेस–एमाले सरकार गठन गर्न पहल गर्ने उनले वताए ।

उनले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताए। ‘पुस्तान्तरण प्राकृतिक कुरा हो, हुँदै जान्छ’ उनले भने–‘तर अहिले सभापति शेरबहादुर देउवाजीले नचाहेसम्म पुस्तान्तरण सम्भव छैन।’

आफूले चुनाव हारेकोबारे प्रसंगमा उनले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको दावी गरे। ‘म तीन हजार मतले पराजित भए। उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो। त्यही भएर म हारेँ,’ उनले भने।

उनले सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग चुनाव हारेका हुन। 

विशेष