विवाह भोजमा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु
![विवाह भोजमा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/bisfot.jpg)
भारतको राजस्थान राज्यमा विवाह भोजमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ। वेहुलाको घरबाट जन्ती निस्कनु अघि भएको यो घट्नामा ५० जना भन्दा वढि घाइते भएका छन्।
राजस्थानको राजधानी जयपुरबाट ४३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार सिलिण्डर विस्फोट भएको हो। विवाह समारोहमा पाहुना भेला भइरहेका वेला सिलिन्डर विस्फोट भएको जनाईएको छ।
सो घटेनामा दुई बालबालिकासहित ५ जनाको मृत्यु भएको जोधपुर जिल्ला कलेक्टर कार्यालयका एक अधिकारीले जानकारी दिए । घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।
तीमध्ये १२ जना गम्भीर घाइते भएका र उनीहरूलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ। अधिकारीहरूका अनुसार यो घटना बेहुलाको घरबाट जन्ति निस्कनुअघि नै भएको थियो। कार्यक्रममा करिब १०० जना जम्मा भएका थिए।
विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी दिए। विस्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ।