News

प्रचण्डको ओतमा चुनाव लडेको नेसपाले गर्यो चुनावी समिक्षा

प्रचण्डको ओतमा चुनाव लडेको नेसपाले गर्यो चुनावी समिक्षा

नेकपा माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहालको ओत लागेर चुनाव लडेको नेपाल समाजवादी पार्टी (नेसपा) ले चुनावको समिक्षा गरेको छ।

शुक्रवार वसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबारे समिक्षा गरेको हो । बैठकमा प्रदेशगत रिपोर्टिङ र समीक्षा भएकोे जनाइएको छ । साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ ।

बैठकमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, महेन्द्रराय यादवलगायत नेताहरु सहभागी थिए । नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएकोे थियो । 
 

विशेष