News

समानुपातिक सांसद छनोट गर्न एमालेले बोलायो सचिवालय बैठक

समानुपातिक सांसद छनोट गर्न एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेको समानुपातिक सांसद छनोट गर्न आज सचिवालय बैठक बोलाएको छ। एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सचिवालय बैठक अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा आज दिउँसो १ बजे बस्ने जानकारी दिए। उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरूलाई पत्र पठाउँदै समानुपातिकतर्फका सांसदको नाम पठाउन निर्देशन दिएको छ। 
 

विशेष