News

सिके राउतले संजय टक्लाकी वहिनी र आफनै भाउजुलाई वनाए सांसद

सिके राउतले संजय टक्लाकी वहिनी र आफनै भाउजुलाई वनाए सांसद

जनकपुर बमकाण्ड गराएको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह समानुपातिकतर्फबाट सांसद चुनिएकी छिन् । सिके राउत नेतृत्वको जनमत पार्टीले उनलाई मधेस प्रदेशसभा सदस्यमा चयन गरेको हो।

अनिताको नाम सांसदको सूचिमा आएपछि विरोध सुरु भएको छ। अनिता साहको बिहे महोत्तरीमा भएको हो । उनका श्रीमान जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख छन् । जनमत पार्टीमा अनिताकुमारी साहको खासै योगदान नरहेको भन्दै पार्टीभित्र र बाहिर त्यसको आलोचना भइरहेको छ ।

तर जनमत पार्टीका केन्द्रीय सदस्य अञ्जनीदेवी मण्डल (महोत्तरी) ले अनिताकुमारी साह पार्टीकै नेतृ रहेको दावी गरिन् । त्यस्तै मधेशी महिला कोटामा बबिता राउतको नाम पनि चयन गरिएको छ । राउत जनमत पार्टीका अध्यक्ष सिके राउतकी भाउजू हुन् । यद्यपि उनी जनमत पार्टीमा पहिलादेखि नै क्रियाशील रहेकी सो पार्टीका नेताहरु बताउँछन् ।
  
यता, चन्दनकुमार सिंह मधेशी अल्पसंख्यक कोटाबाट समानुपातिक सदस्यमा चयन भएका छन् । उनी जनमत पार्टीमा केन्द्रीय महासचिव हुन् । त्यसैगरी,वसन्तकुमार कुशवाहालाई मधेशी कोटाबाट समानुपातिक सदस्यमा चयन गरिएको छ । कुशवाह पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।

सिके राउतले स्वतन्त्र मधेस गठबन्धन बनाउँदा उनी दुबईमा बस्थे । त्यहीबाट सो गठबन्धनलाई सहयोग गर्थे । जनमत पार्टी बनाएपछि उनी दुबई छाडेर नेपाल फर्केका हुन् । हाल उनी पार्टीमा सक्रिय भएर लागेका छन् ।

उता, रञ्जुकुमारी खंग (खत्वे) लाई दलित महिला कोटाबाट र हसिना खातुनलाई मुस्लिम महिला कोटाबाट समानुपातिक प्रदेशसभा सदस्यमा चयन गरिएको छ । । त्यस्तै भाग्यश्री कुमारी चौधरीलाई आदिवासी जनजाति महिला कोटाबाट समानुपातिक सदस्यमा चयन गरिएको छ । 
 

विशेष