नेता थापाको सनसनीपुर्ण खुलासाः सिहं हत्या योजनाकार अक्कल धामी, संरक्षक भानु जोशी

२०७७ साल माघ १४ गते मंगलबार बझाङ्ग जिल्ला छबिस पाथिभेरा गाउँपालिकाको वडा नं ३ स्थित बान्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सम्पन भयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि भएको निर्वाचनमा उम्मेदवार थिए वर्तमान गाउँपालिका अध्यक्ष अक्कल धामीका भतिजा गजेन्द्र धामी र लोकेन्द्र बोहरा । गजेन्द्र धामी तत्कालिन नेकपाबाट उम्मेदवार रहेका थिए भने लोकेन्द्र बोहरा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका थिए ।
गाउँपालिका अध्यक्ष कै वडामा अध्यक्ष कै भतिजा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो सामान्य पदमा सके सर्वसम्मत नभए दोव्वर मतले विजयी हुने आकलन गरिएको थियो । तर नतिजाले त्यस्तो देखाएन । गजेन्द्र धामी २८ मतले कांग्रेस उम्मेदवार लोकेन्द्र बोहरासँग पराजित भए । धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेपछि परिणामले गाउँपालिका अध्यक्षको शाख आफ्नै जोगाउन नसकेको पुष्टि भयो । गाउँपालिका अध्यक्षलाई आफ्नै वडाको विव्यस अध्यक्षमा आफ्नो भतिजो पराजित हुनुपर्दा जनताले गालामै थप्पड हानेको जस्तो नलाग्ने कुरै भएन ।
लोकतन्त्रमा जनमतलाई हार्नेले पनि सहर्ष स्विकार्नुपर्ने हुन्छ । तर त्यो जनमतको त्यो लज्जास्पद थप्पड गाउँपालिका अध्यक्षका भतिजाको प्यानलाई पचेन । जसको बदलामा गजेन्द्र धामीको समूहले स्थानिय तरुण दलका कार्यकर्ता अमृत सिंहको गर्धनमा खुँडा प्रहार गरी हत्या गरे । २०७७ फागुन १३ गते अमृत सिंहको हत्यामा संग्लन वडानं २का वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायतलाई पुर्पक्षका लागि कारागार चलान गर्याे ।
यद्यपी गाउँपालिका अध्यक्ष अक्कल धामीलाई कसैले प्रश्न समेत उठाएनन् । आफ्नै वडाका युवाको विभत्स हत्याहुँदा समेत गाउँपालिका सरकारबाट एउटा विज्ञप्ती समेत आएन । आम सर्वसाधारणले अध्यक्ष अक्कल धामीले नैतिकताका आधारमा राजिनामा दिने आकलन गरेका थिए । तर धामी भने त्यो घटनाले टसमस समेत भएनन् ।
सोही घटनाक्रमलाई जोडेर बुधबार नेपाली काँग्रेस छविस पाथिभेरा गाउँपालिका सभापति पाण्डव थापाले एउटा सनसनीपर्ण खुलासा गरेकाछन् । नेता थापाले अमृत सिहंको हत्या भएको दिन आफु त्यहाँ भएको भए गजेन्द्र धामी पक्षले आफ्नो पनि ज्यान लिने योजना बनाएको बताएका छन् । नेपाल आजसँगको अन्तर्वार्तामा बोल्दै थापा भन्छन्, ‘लखन सिहंको हत्याहुँदा म त्यहाँ भएको भए मेरो पनि हत्या हुन्थ्यो । म काठमाडौँ भएर बाँचेको हुँ । त्यो भन्दा पहिले नै मलाई पटक पटक आक्रमण भएको छ । यो हेर्नुुस् (हातको औँला देखाउँदै) आजपनि यो औँलामा मुखले टोकेका घाउहरुछन् ।’
नेता थापाले अमृत सिहंको हत्या गाउँपालिका अध्यक्ष अक्कल धामीको निर्देशनमा भएको र जसको संरक्षक नेकपा समाजवादीका नेता भानु जोशी समेत रहेको दावी गरेकाछन् । नेता थापा प्रश्न गर्छन, ‘विरामी भएको भनेर धनगढीको सेती अञ्चल अस्पतालमा भर्ना भएका अक्कल धामी विव्यसको चुनावको दिन कसरी मतदानस्थलमा उपस्थित भए? विरामी भएर अस्पताल भर्नाभएको मान्छे रातारात बझाङमा कसरी पुग्छ? जब अमृत सिहंको हत्या भयो फेरी उनी धनगढी आएर अस्पतालमा भर्नाभएको नाटक गरेर फेसबुक चलाउँदै बसे ।’
नेता थापाका अनुसार अहिले हत्याको अभियोगमा कारागार चलान भएका व्यक्तिहरुको सोझोपनको फाईदा उठाउँदै घटना गराउन उद्धत गर्ने हात गाउँपालिका अध्यक्ष अक्कल धामी र नेता भानु जोशीको रहेको छ । उनी भन्छन्, ‘अहिले कारागार चलान भएका व्यक्तिहरु सोझोपनका कारण परिचालित भएका मात्रैहुन् । उनीहरुलाई विभिन्न प्रलोभन देखाएर हत्या गर्न उक्साइयो । जसको डिजाइन अक्कल धामीले गरेका थिए । त्यँहाको अग्रज नेता भएकाकारण भानु जोशीले पनि यो घटनाको बारेमा केही नबोलेनर मौन समर्थन गरे । उनी प्रश्न गर्छन त्यहाँ भएका कुकृत्यको संरक्षणकर्ता भानु जोशी होइनन् भने उहाँले त्यसको विरुद्धमा एक शब्द बोलेको खै?’
नेता थापाले छविस पाथिभेरा गाउँपालिकामा अक्कल धामीको कार्यकालमा डनवाद र धनवाद भित्र्याएको विश्लेषण गरेकाछन् । थापाका अनुसार अध्यक्ष धामीले गाउँपालिकालाई नेतृत्व गर्न सकेका छैनन् । ‘तपाईको मुल्यांकनमा त्यसोभए अक्कल धामी असफल गाउँपालिका अध्यक्ष हुन्?’ भन्ने प्रश्नमा थापाको जवाफ छ, ‘अक्कल धामी असफल मात्र होइन, असामाजिक र असान्दर्भिक अध्यक्ष बनेको देख्छु म उहाँलाई । गाउँपालिका अध्यक्षको पदभन्दा बाहिर गैइसकेपछि उहाँसँग मेरो लिनुदिनु केही छैन । पारिवारिक सम्बन्ध होला आफ्नो ठाउँमा छ । गाउँपालिका अध्यक्षमा रहेसम्म उहाँ असक्षम हो । जनताको मतलाई लात हान्ने अधिकार कसैलाई छैन । अक्कल धामी कोहो भन्ने म चिन्दैन तर त्यो पद असक्षम भएको छ ।’
नेपाली काँग्रेस पाण्डव थापा क्कल धामी अमृत सिहं हत्या भानु जोशी