News राजनीति

प्रचण्डलाई शेखर कोईरालको जवाफ– गठबन्धनको औचित्य छैन

प्रचण्डलाई शेखर कोईरालको जवाफ– गठबन्धनको औचित्य छैन

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सत्ता साझेदार दलहरु गठवन्धन वनाएरै चुनाव लड्ने तयारीमा छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी गठबन्धनमै चुनाव लड्ने सोचमा छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले सार्वजनिक समारोहमै कयौं पटक गठबन्धन चुनाव सम्मै जाने अभिब्यक्ति दिएका छन् । हुन त प्रधानमन्त्री एवम् नपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि गठवन्धनमै चुनाव लड्ने सोचमा छन् । तर, यो निर्णय पार्टीको होईन। देउवाले गठबन्धनको विषयमा पार्टीभित्र औपचारिक छलफल गरेका पनि छैनन् । कांग्रेसभित्र अहिले पनि गठबन्धन गर्ने÷नगर्ने भन्नेबारे फरक–फरक मत छन् । 

सभापतिमा देउवासँग पराजित भएका नेता शेखर कोइरालाले प्रचण्डलाई गठबन्धनको औचित्य नभएको जवाफ दिईसकेका छन् । बिहीबार विहान प्रचण्डसँग भेट गरेका कोइरालाले आगामी चुनावमा गठबन्धन गर्न नसकिने जवाफ दिएका हुन । ‘माओवादीका नेता÷कार्यकर्ताले यसअघि पनि रुखमा भोट नहालेको’ भन्दै कोईरालाले कांग्रेसले कम्युनिष्टसँग गठबन्धन गरे पनि कुनै फाइदा नहुने जवाफ दिएका छन् ।

‘सरकारमा गठबन्धन छँदैछ, आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ, तर अहिले चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन’ उनले प्रचण्डलाई भनेका छन्–‘कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन्, त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुबैलाई फाइदा छैन।’

दाहालले भने गठबन्धन गरेर चुनावमा जानुपर्ने आवश्यकता रहेको भन्दै त्यसको विरोध नगरिदिन कोइरालालाई आग्रह गरेका छन् । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि ‘माथिबाट चुनावी तालमेल गर्ने भन्ने निर्णय नहुने, वरु स्थानीय तहको आबस्यक्ताका आधारमा तालमेल हुन सक्ने’ वताएका छन् । अर्कोतर्फ प्रवक्ता प्रकाशशरण महत ‘अहिले नै गठबन्धनबारे छलफल गर्ने बेला नभएको’ वताएका छन् ।

कोइराला समूहका नेता अर्जुननरसिंह केसीले ०७४ को स्थानीय तहको निर्वाचनमा सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा स्थानीय नेता कार्यकर्ताको चाहनाविपरीत नेकपा माओवादी केन्द्रसँग गठबन्धनको निर्णय गरेको वताए। त्यसबेला पार्टीका तर्फबाट मनोनयन दर्ता भइसकेका कांग्रेस उम्मेदवारको मनोनयन दर्ता देउवाको चिठीबाट फिर्ता गराइएको थियो ।

गठवन्धन पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेखर कोइराला

विशेष