News

गठबन्धन नरहेपनि एमसीसी संसद्मा लानु पर्ने कांग्रेसको निस्कर्ष

गठबन्धन नरहेपनि एमसीसी संसद्मा लानु पर्ने कांग्रेसको निस्कर्ष

नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा लैजाने भएको छ। गठबन्धन रहे पनि नरहेपछि उक्त सम्झौता संसदमा लैजाने कांग्रेसको निस्कर्ष छ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पदान समिति बैठकले गठबन्धन रहे पनि नरहेपनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराएका थिए । अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए ।

कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले एमसीसीबारेमा बैठकमा छलफल भएको र अहिले देखिएको अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्ने निस्कर्ष निस्किएको वताए ।

वैठकमा स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने विकल्पबारे पनि छलफल भएको उनले वताए । बैठकमा अहिले नै पाँच दलीय गठबन्धनबारे कुनै निर्णय नगरिएको पनि महतले बताए। 

बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। 

नेपाली काँग्रेस एमसीसी

विशेष