News

विजय लामालाई हटाउन वायुसेवा निगमका क्रु मेम्वरको माग

विजय लामालाई हटाउन वायुसेवा निगमका क्रु मेम्वरको माग

नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु’ (परिचारिका र परिचारक)ले पाइलट विजय लामालाई हटाउन माग गरेका छन् । पाईलट लामालाई क्रु डिभिजनबाट हटाउन उनीहरुले माग गरेका हुन ।

नेपाल वायुसेवा क्याबिन क्रु संघले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापन बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न माग गरेको छ।

पाइलट लामा वाइडबडी विमान उडाउने क्याप्टेनबाहेक ’क्याबिन क्रु’लाई खटनपटन गराउने अपरेसन विभाग मातहत क्याबिन क्रु डिभिजनको उपनिर्देशक पनि हुन् ।

संघलाई करिब एक दशकपछि यसै साता पुनर्जीवीत गराइएको हो। निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु छन् । जसमा एयरहोस्टेस (महिला) १०६ छन् भने ५२ स्टेवार्ड (पुरुष परिचारक) छन् । यिनमा ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् । बाँकी सबै करारमा कार्यरत छन् । 

विजय लामा

विशेष