News विदेश

सीसीपीसँगको सम्बन्ध चुहिएपछि धेरै मुलुकद्वारा ‘कम्फ्युसियस इन्टिच्युट’ मा कडाइ 

सीसीपीसँगको सम्बन्ध चुहिएपछि धेरै मुलुकद्वारा ‘कम्फ्युसियस इन्टिच्युट’ मा कडाइ 

संयुक्त राज्य अमेरिकालगायत विश्वका धेरै मुलुकहरुले कन्फ्युसियन इन्सिटच्युट र चीनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध रहेको भन्दै कडाइ गरेका छन्। अमेरिकासँगै, जर्मनी, नेदरल्याण्डलगायतका मुलुकहरुले यस्ता दोहोरो प्रकृतिका चीनियाँ संगठनहरुमाथि कडाइ गर्न थालेका छन्। 

कन्फ्युसियस इन्टिच्युट चीनियाँ कलेज, विश्वविद्यालय, अन्य कलेज र विश्वविद्ययालयसँगको सार्वजनिक शिक्षा साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएको संस्था हो। तर, पछिल्लो समय विवादस्पद चीनियाँ कम्युनिस्ट पार्टीले उक्त संस्थाहरुलाई लगानी गरेको भन्ने खुलासा भएसँगै यस्ता इन्स्टिच्युटहरुमा कडाइ गरिएको हो। 

कन्फ्युसियस इन्स्टिच्युटलाई चीनियाँ कम्युनिस्ट पार्टीले आफ्नो प्रचार उपकरणको रुपमा प्रयोग गर्न थालेको आरोपसमेत लगाइएको छ। पछिल्लो समय विभिन्न मुलुकहरुले कन्फ्युसियन इन्टिच्युटहरु बन्दसमेत गराएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ विचारधाराको बजारीकरणका लागि यस्ता संस्थाहरुलाई प्रयोग गर्न थालेको भन्दै अस्ट्रेलियालगायतका मुलुककरुले कन्फ्युसियस इन्स्टिच्युट बन्द गराएका हुन्। 

फ्रान्सको रक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको चीनियाँ प्रभावका विस्तारका गतिविधि शिर्षकको रिपोर्टमा कन्फ्युसियस इन्स्टिच्यटमार्फत चीनियाँ विचारधारालाई प्रबद्र्धन गर्ने र चीन विरोधी गतिविधिहरु रोक्न भूमिका खेल्ने गरेका पाइएको उल्लेख छ। 

पछिल्लो समय चीनियाँ कम्युनिस्ट पार्टीले विश्वभर रहेका चीनियाँ समुदाय, सञ्चारमाध्यम, कूटनीतिज्ञ र अन्य विभिन्न संघसंस्थाहरुमार्फत चीनियाँ राजनीति र विचारधाराको प्रभाव विस्तारका लागि परिचालन गर्ने गरेको पाइएको छ। सन् २००४ देखि चीनियाँ सरकारले कन्फ्युसियस इन्स्टिच्युटमा लगानी गर्ने गरेको खुलासा भएको हो।
 

कन्फ्युसियस इन्स्टिच्युट

विशेष