News

गोरखापत्रबाट तलब, नेपाल वाचबाट बार्गेनिङः यस्तो छ अर्जुन शर्माको ‘चरीखाउ पत्रकारीता’

गोरखापत्रबाट तलब, नेपाल वाचबाट बार्गेनिङः यस्तो छ अर्जुन शर्माको ‘चरीखाउ पत्रकारीता’

राजधानी केन्द्रित कतिपय ठुला सञ्चारगृहले पत्रकारलाई पारिश्रमिक नदिने र बार्गेनिङ गरेर जिविका चलाउनु पर्ने अवस्थामा छोडेको विषयमा असन्तुष्टि जनाउँदै मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईले सधैं ब्यंग्य गर्छन। उनको वुझाईमा सञ्चार गृहको गैरजिम्मेवारीले अहिले ‘चरिखाउ पत्रकारीता’ मौलाएको छ।

जिल्ला–जिल्लाको पत्रकारीताको अवस्था हेर्दा भट्टराईको कुरामा असहमति जनाउँने अवस्था पनि छैन। समाचार लेख्ने अनि सोही समाचारका आधारमा वार्गेनिङ गरेर पैसा कमाउँने प्रवृत्ति मौलाएको छ। यो कुरा भट्टराईले मात्र भनेका होईनन्, तत्कालिन सञ्चार तथा सुचना प्रविधि मन्त्री एवम् नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले ०७६ सालमै पुष्टि गरेको विषय हो यो।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयकको वचाउ गर्दै उनले ‘हिर्काउन मात्र पाउने जवाफदेहिता नहुने पत्रकारिता नहुँने’ वताएका थिए । फ्रिडम अफ एक्सप्रेसनको कुरा गरेर पत्रकारहरु उम्कने गरेको र यस्ता समस्याबाट व्यवसायी पनि पीडित भएको भन्दै उनले भनेका थिए– ‘बार्गेनिङ गरेका हुन्छन् । पैसा दिए चुुप, नदिए लखेटेका लखेटै। व्यवसायी पनि पीडित छन्।’ उनले पत्रकारीता विकृत हुँदै गएको र यसलाई नियन्त्रण गर्नु पर्ने बताएका थिए ।

उनले वुझेको त्यो पत्रकारिता अहिले पनि उस्तै छ। तर, यो प्रवृत्ति मोफसल र निजी लगानीका मिडियामा मात्र होईन, राजधानी केन्द्रित अनि सरकारी मिडियामै काम गर्ने पत्रकारमा पनि देखिएको छ। सरकारले नै सञ्चालन गरिरहेको गोरखापत्रमा कार्यरत अर्जुन शर्मा नाममा पत्रकार अहिले यही ‘चरिखाउ पत्रकारीता’ मा लागेको पाईएको छ। उनी तलव भत्ता गोरखापत्रबाट बुझ्छन् । तर, अर्को मिडिया प्रयोग गरेर बार्गेनिङ धन्दा चलाउँदै आएको श्रोतको दावी छ।

शर्माले समाचारको बार्गेनिङ गर्ने मिडिया हो– ललितपुरको जावलखेल स्थित युएन पार्कमा कार्यालय रहेको नेपाल वाच डटकम। नेपाल वाच डटकम ‘नेपाल वाच मल्टिमिडिया प्रालि’ले सञ्चालन गरेको हो। यसका अध्यक्ष पुष्प ढुंगाना हुन। उक्त सञ्चारगृहमा पत्रकार शर्मा ‘असिस्टेन्ट, शिनियर सव–इडिटर’ छन् ।’ नेपाल वाचले उनको नाम आफनो टिममै राखेको थियो। तर, बार्गेनिङको सुचना वाहिरिएपछि उनको नाम हटाईएको छ। अर्जुन शर्माको विषयमा नेपाल आजले फोन सम्पर्क गरेर चासो ब्यक्त गरेपछि उनीसँगै टिमका अन्य सदस्यको नाम समेत अहिले अनलाईनबाट हटाईएको श्रोत बताउँछ ।

स्रोतका अनुसार शर्माले नेपाल वाचमा समाचार लेख्ने अनि सम्वन्धित ब्यक्ति/निकायलाई ‘यो कास्टिङ हो, फिल्म आउन वाँकी छ’ भन्दै धम्क्याउने गरेका थिए । त्यति गर्दा पैसा आउने वातावरण तयार भए समाचार रोक्ने नत्र धारावाहिक रुपमा समाचार लेख्ने गरेको उनीसँगै रहेर काम गरेकाहरु बताउँछन् ।

शर्मा नेपाल वाचमा काम गर्ने गरेको विषय नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष ढुङ्गानाले पनि घुमाउरो पारामा स्विकार गरेका छन् । ढुङ्गानाले ‘अर्जुन शर्मा गोरखापत्र छोडेर नेपाल वाचमा आउन लागेको’ वताए ।

शर्मा भने यो विषयमा प्रतिक्रिया दिन नेपाल आजको सम्पर्कमा आउन चाहेका छैनन्। ९८६०७२..१६ नम्वरको मोवाईल शर्माको हो। तर, उनले रिसिभ गर्दैनन्।


र यो पनि, 

 

नेपाल वाच अर्जुन शर्मा

विशेष