News राजनीति

एमसीसीमा सहमति नजुटे र  प्रकृयामा नगए गठवन्धन र संसदमाथि प्रश्न उठ्छः नेता कोईराला

एमसीसीमा सहमति नजुटे र  प्रकृयामा नगए गठवन्धन र संसदमाथि प्रश्न उठ्छः नेता कोईराला

कांग्रेस नेता शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सहमति नजुट्ने र संसदीय प्रक्रियामा नलैजाने भए यसले सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्न उठ्ने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने क्रममा नेता कोइरालाले एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा गम्भीर बन्नुपर्ने बताए । उनले सम्भव भएसम्म राजनीतिक दलहरुबीच सहमतिबाट र नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत् एमसीसीलाई यथाशीघ्र टुङ्ग्याउनु पर्ने वताए ।

‘यदी एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लैजान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्न तेर्सिने देख्दैछु,’ उनले भने ।

एमसीसी अब एउटा अमेरिकी अनुदान परियोजनाको रुपमा मात्रै नरहेको भन्दै यसबारे निकै गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । ‘एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन, यो विषय निकै माथि उठिसक्यो’ उनले भने–‘यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशल र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ।’ 

देश विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि भएको पनि उनले बताए ।

शेखर कोइराला

विशेष