News

मन्त्रिपरिषदको आगामी वैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने

मन्त्रिपरिषदको आगामी वैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने

प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मन्त्रिपरिषदको वैठकबाट स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताएका छन् । 

आज बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा क्रममा देउवाले यस्तो वताएका हुन । निर्वाचन आयोगका पदाधिकारीले जेठ ४ गते स्थानीय तहको निर्बाचन गर्न सुझाव दिएपछि प्रधानमन्त्री देउवाले निर्वाचनको तयारी थाल्न भनेका थिए ।

‘राम्रोसँग निर्वाचन तयारी गर्नुस्, अब बस्ने क्याबिनेटबाट चुनाव मिति तोक्छौं भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ –छलफल पछि निर्वाचन आयोगका एक आयुक्तले भने।

प्रधानमन्त्री देउवाले एकैचरणमा निर्वाचन गर्ने पनि बताएका थिए। ०७४ सालमा वैशाख, असार र असोजमा गरी तीन तहमा स्थानीय चुनाव भएको थियो।

त्यसबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ मा सकिँदैछ। निर्वाचन आयोगले कार्यकाल सकिने दिन जेठ ५ अघि नै स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्न नपर्ने बताउँदै आएको थियो।
 

स्थानीय तहको निर्वाचन

विशेष