News अर्थ बैंकिङ

विद्युतीय माद्यमबाटै ५ लाखसम्म ऋण

विद्युतीय माद्यमबाटै ५ लाखसम्म ऋण

बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण)  दिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा तलवी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाख र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिने छ।

यो कर्जा अधिकतम ३ वर्षका लागि हुने छ र कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने ब्यवस्था छ। ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था छ। ग्राहकले वैक तथा संस्थाको मोबाइल एपको माध्यमबाट पनि कर्जा आवेदन दिन सक्नेछन्।

त्यसपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ्क विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत् प्राप्त गर्नेछने। यसबाट स–साना रकममा प्रवाह हुने कर्जाको लागत कम भई पारदर्शी रूपले कर्जा विस्तारमा सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ।
 

राष्ट्र बैंक विद्युतीय माध्यम पाँच लाखसम्म कर्जा

विशेष