News

भगवती न्यौपाने भन्छिन– प्रचण्ड समस्यामा परेपछि एमालेसँग गुहार माग्दैछन्

भगवती न्यौपाने भन्छिन– प्रचण्ड समस्यामा परेपछि एमालेसँग गुहार माग्दैछन्

राष्ट्रिय सभा सदस्य एवम् नेकपा एमलेकी नेता भगवती न्यौपाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समस्यामा परेपछि एमालेसँग गुहार माग्न थालेको दावी गरेकी छिन् ।

एमसीसी प्रकरणमा आफनो धारणा सार्वजनिक गर्ने क्रममा उनले सामाजिक सञ्जालमा यस्तो दावी गरेकी हिुन । उनले एमाले सिद्याउँछौ, भित्रामा पुर्याउँछौं भन्दै हिड्नेहरु अहिले एमसीसी प्रकरणमा एमालेसँग गुहार माग्न थालेको वताएकी छिन् ।

‘एमाले सिध्याइदिन्छौं, भित्तामा पु-याईदिन्छौं भन्दै १० हात उफ्रिएकाहरुलाइ आज संकट प-यो । संझौता पनि उनैले गर्ने, अनि एमसीसी मुख्यालयमा पत्र लेखेर मिति नै तोकेर यति समयभित्र वातावरण बनाएर पास गर्छौं भनेर प्रतिबद्धता पनि जनाउने। आज आफ्नै अपरिपक्क भुमिकाका कारण खाल्डामा पर्न लागेपछि  लौन तान्देउ भनेर प्रचण्डले एमाले गुहार्न पर्ने ?’ उनले फेसवुकमा लेखेकी छिन्–‘ नेकपा (एमाले) को सरकार ढाल्न माधव नेपाल र प्रचण्डले शेरबहादुर देउवा र अन्यत्र कति ठाउँमा हिजो गरेका बाचा के थिए एक–एक खुल्ने दिन आउँदैछ अब । पर्खन सके देख्न पाइन्छ, पाप कराउँदैछ धुरीबाट ।’

न्यौपाने ०७६ माघमा भएको निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन । राष्ट्रियसभा सदस्यको महिला समूहकोलागि भएको निर्वाचनमा उनी ३३६६ मत प्राप्त गरी विजयी भएकी थिईन। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विमला गौचनले २३४० मत प्राप्त गरेकी थिईन।

न्यौपाने यसअघि स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिका मेयरमा पराजित भएकी थिइन् । उनलाई नेपाली कांग्रेसका उदयराज गौलीले हराएका थिए । गौलीले ९ हजार ६ सय ३८ मत ल्याएका थिए भने न्यौपानेले ९ हजार ६६ मत ल्याएकी थिइन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ भगवती न्यौपाने

विशेष