News राजनीति

प्रचण्डलाई ओलीको चुनौती– मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ

प्रचण्डलाई ओलीको चुनौती– मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन । उनले भने–‘अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ।’

उनले नेमालेमा पार्टी विभाजनको असर नरहेको पनि दाबी गरे । ‘षड्यन्त्र रुपमा पार्टी विभाजन गर्दा पनि स्थानीय निकायमा पार्टीको वर्चश्व छ । विभाजनको असर दुई डिजिटभन्दा कम नै विभाजन भयो’–उनले भने ।

गत चुनावमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै ओलीले अबको तीनवटै चुनावमा बहुमत ल्याउँने दावी गरे। ‘आउँदो निर्वाचनमा हामी बहुमतले जित्छौं अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने–‘संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । गठबन्धनसँगै लडेर बहुमत प्राप्त गछौं।’

केपी शर्मा ओली

विशेष