News

दार्चुलामा खसेको भारतीय बेलुनको के हो बास्तविक्ता ?

दार्चुलामा खसेको भारतीय बेलुनको के हो बास्तविक्ता ?

विहिवार राती दार्चुलाको नौगाडा गाउँमा बेलुन जस्तो देखिने विद्युतीय उपकरण भुईमा खस्यो। ३ वटा ब्याट्री र मेमोरी कार्ड जस्ता प्लेटहरू जडान भएको उपकरण खसेपछि स्थानीयमा कौतुहल्ता सुरु भयो। विदेशीले ड्रोन मार्फत सुराकी गरेको आशंका पनि गरियो।

विद्युतको पोलमा ठोक्किएर बेलुका करिव ८ बजेतिर खसेको उक्त बेलुनमा भारतीय मोबाइल नम्बर भएको ब्याट्री रहेको पाईएपछि स्थानीयले त्यो नम्वरमा फोन गरे। फोन गर्दा उत्तराखण्डको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न बेलुन बाँधेर उडाएको जवाफ आएको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको बताएका छन् ।
फाईल फोटो।

विशेष