News

एमसीसी प्रकरणमा गठबन्धनकै नेताहरुका बीचमा सहमति जुटेन

एमसीसी प्रकरणमा गठबन्धनकै नेताहरुका बीचमा सहमति जुटेन

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सहमति जुटाउँन जम्मा भएका शिर्ष नेताहरुलाई निरासा नै हात लागेको छ।

शनिबार गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचमा एमसीसीका विषयमा बालुवाटारमा छलफल भएको थियो। तर, उनीहरुको छलफल निस्कर्षमा पुग्न सकेन।

एमसीसी, स्थानीय तहको निर्वाचन र फागुन २ गतेको संसद बैठक सार्ने विषयमा कुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार एमसीसीका विषयमा शीर्ष नेताहरुबीच सहमती जुट्न सकेन् । नेकपा एमालेले २ गतेको बैठक सञ्चालन नगर्न आग्रह गरेपछि प्रचण्ड र नेपालले ४ गते बैठक राख्न सकिने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् ।

नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गर्दै आएको छ। प्रधानमन्त्रीले एमसीसीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिरहेका छन् ।

तर, ओलीले भने सत्ता गठवन्धनमै एमसीसीका विषयमा एक मत नभएकाले पहिलो सरकार त्यसका लागि तयार हुनुपर्ने वताउँदै आएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यसबारे आमचासो बढेको छ ।

यो पनि

एमसीसी प्रकरण चर्कियोः देउवा प्रचण्ड र माधब नेपाल वालुवाटारमा

एमसीसी

विशेष