News विदेश

दक्षिण अफ्रिकामा हुवावेले विदेशी कामदार खोज्न थालेपछि अदालतमा मुद्दा 

दक्षिण अफ्रिकामा हुवावेले विदेशी कामदार खोज्न थालेपछि अदालतमा मुद्दा 

दक्षिण अफ्रिकाले चीनको हुवावे टेक्नोलोजी बिरुद्ध अदालतमा मुद्दा हालेको छ। हुवावेको स्थानीय इकाईले दक्षिण अफ्रिकाका स्थानीयलाई काममा राख्ने नियम तोडेको भन्दै जरिवाना गर्न र कम्पनीलाई आफ्नो अभ्यासहरू परिमार्जन गर्न आदेश दिनका लागि अदालतमा आग्रह गरिएको छ।

दक्षिण अफ्रिकाको श्रम विभागले शुक्रबार कम्पनीले ४० प्रतिशतको सीमा तोकेको रोजगार इक्विटी नियमहरू उल्लङ्घन गर्दै करिब ९० प्रतिशत कर्मचारी विदेशी नागरिक भर्ती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको हो। 

विभागले कथित नियम उल्लङ्घनका लागि १ दशमलव ५ मिलियन जार जरिवाना र स्थानीय फर्मको वार्षिक २०२० मा गरिएको कारोबारको २ प्रतिशत जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

श्रम विभागका अधिवक्ता फिकिस्वा मनकान्का बेडेले सम्माननीय अदालतलाई उनीहरूले यथास्थितिको समाधान गर्ने रोजगार इक्विटी योजना लागू गर्नुपर्दछ भन्ने आदेश दिनको लागि अनुरोध गरिरहेको जानकारी दिए । 

एउटा संक्षिप्त बयानमा, हुवावे दक्षिण अफ्रिकाले इक्विटी योजनामा विभागसँग थप संलग्नता जारी राख्न प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएको छ। स्थानीय कानून र नियमहरूको पालना गर्न प्रतिबद्ध रहेको समेत जनाईउको छ। 

विभागले हुवावेलाई ६० प्रतिशत दक्षिण अफ्रिकी र ४० प्रतिशत विदेशी नागरिकलाई रोजगारी दिने अध्यागमन नियमावलीको प्रावधान अनुसार अनुमति दिइएको बताएको छ। तर, उक्त सहमतिविपरीत हुवावेले विदेशी कामदारको संख्या निकै धेरै बढाएको हो। दक्षिण अफ्रिकी सरकारले चिनियाँ टेक जाइन्ट हुवावेविरुद्ध कानूनी चुनौती दिएको यो पहिलो पटक हो।

हुवावे कम्पनीको उपकरण चिनियाँ सरकारले जासुसीको लागि प्रयोग गर्न सक्ने आरोपमा अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको छ। हुवावे र बेइजिङले बारम्बार आरोप अस्वीकार गर्दै आएका छन्। हुवावेले अमेरिकी प्रतिबन्धका कारण २०२१ को राजस्व झण्डै ३० प्रतिशतले घटेको बताएको छ।

तर, श्रम विभागले जोहानेसबर्गस्थित आफ्नो कारखानामा काम गर्ने अवस्था र मानव बेचबिखनको आरोपमा एउटा सानो चिनियाँ फर्ममाथि कारबाही गरेको भन्दै अदालतमा पुगेको थियो।

यो पनि

▶ एनसेलमा यसरी उत्तानो पर्यो नेपालीको राष्ट्रवाद ! (श्रृंखला– १६)

▶ एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

दक्षिण अफ्रिका हुवावे टेक्नोलोजी

विशेष