News राजनीति

महेश बस्नेतले सामाजिक सञ्जालमै खगराज अधिकारीलाई खुईल्याएपछि...

महेश बस्नेतले सामाजिक सञ्जालमै खगराज अधिकारीलाई खुईल्याएपछि...

माधबकुमार नेपाललगायतका असन्तुष्ट नेताले पार्टी छोडेपछि एक ढिक्का भनिएको एमालेमा फेरी आन्तरिक द्वन्द्व चर्किएको छ। 

एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्चालबाटै संगठन विभाग चलाउन अयोग्य भएको आरोप लगाउँदै विभागिय प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेपछि एमालेको विवाद सतहमा आएको हो । 

नेता वस्नेतले आइतबार सामाजिक सञ्जालमार्फत् पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति आक्रोश ब्यक्त गरेका हुन ।

संगठन विभाग प्रमुख अधिकारीलाई सम्बोधन गर्दै उनले फेसबुकमा बुँदागत रुपमा असन्तुष्टि जनाएका छन्।

यस्तो छ उनको स्ट्याटस
क.खगराज अधिकारी
१) पार्टीको जनवर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।
२) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सोसंग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?
३) युवासंघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? 
४) संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवासंघ माथि अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो ?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् ।
७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।

 

महेश बस्नेत

विशेष