News

योगेश भट्टराईले प्रधानमन्त्रीलाई किन भने ‘माफि माग’ ?

योगेश भट्टराईले प्रधानमन्त्रीलाई किन भने ‘माफि माग’ ?

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक रुपमा माफि माग्न आग्रह गरेका छन् ।

आईतवार साँझ सामाजिक सञ्जालमा नेपाल सरकारले प्रकाशित गरेको पुस्तकका नेपालको ‘चुच्चे नक्शा गायब !’ बनाएको भन्दै उनले प्रधानमन्त्रीलाई सार्वजनिक माफि माग्न आग्रह गरेका हुन । 

‘नेपाल सरकार प्रकाशक रहेको ‘तस्वीरमा सरकारका १०० दिन’ पुस्तकमा नेपालको संसदले सर्बसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्शा कता गयो प्रम देउवाज्यु ?’ उनले लेखेका छन्–‘कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होईन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन ।’


 

योगेश भट्टराई

विशेष