News

नेपाल वाचका अध्यक्षले खुलाउन सकेनन् अनलाईनमा लगानीनको स्रोत

नेपाल वाचका अध्यक्षले खुलाउन सकेनन् अनलाईनमा लगानीनको स्रोत

नेपाल वाच मण्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गानाले आफनो अनलाईको लगानीको स्रोत खुलाउन सकेका छैनन। प्रालिले सञ्चालन गरेको नेपाल वाच डटकमको लगानी शंकास्पद रहेको भन्दै समाचारहरु प्रकाशित भईरहेका बेला उनी त्यो विषयमा कुरै नगर्ने भन्दै फुत्किरहेका छन् ।

लगानीको विषयमा उठिरहेका प्रश्न र वास्तविक्ताका विषयमा नेपाल आजले जिज्ञासा राख्दा अध्यक्ष ढुङ्गानाले त्यस विषयमा कुरा गर्नै चाहेनन्। उनले भने–‘यो विषयमा अहिले कुरा नगरौं।’ देशको सम्वेदनशिलतालाई जोडेर शंकास्पद लगानीको आरोप लागिरहेका वेला अध्यक्ष ढुङ्गानाले नै त्यस विषयमा कुरा गर्न नचाहानुले थप शंका उत्पन्न भएको छ। 

जानकारहरुका अनुसार नेपाल वाच सुरु गर्नु भन्दा पहिला ढुङ्गाना सामान्य रिपोर्टर थिए। केही व्यवासायीहरुलाई  विभिन्न प्रलोभन देखाएर उनले नेपाल वाच डटकम सुरु गरे। तर, उनले ती ब्यवसायीलाई त्यहाँ टिक्न दिएनन्। विभिन्न षडयन्त्र गर्न थालेपछि ती मध्ये एक ब्यवसायीले गत साउन/भदौमै नेपाल वाचबाट विदा लिए। त्यसपछि उनले नेपाल वाचको कार्यालय समेत आफनो घरबाट हटाई दिए। आफु अध्यक्ष रहँदासम्म घरमा कार्यालय राखेका ती ब्यवसायीले पुष्पको ब्यवहारका कारण आफु टिक्नै नसकेर विदा भएको जानकारी दिएका छन् ।

यसरी हेर्दा अध्यक्ष ढुङ्गाना आफै मिडिया सञ्चालन गर्ने आर्थिक हैसियतका ब्यक्ति होईनन्। करिब एक साता अघिसम्म नेपाल वाचमा सम्पादक कला अनुरागीसहितको जम्बो टिम थियो। त्यो टिम रहँदासम्म तलब र कार्यालयको भाडासहित न्यूनतम हिसाव गर्दा पनि मासिक करिब ८ लाख रुपैयाँ भन्दा वढि खर्च देखिन्छ। त्यसमाथि ढुङ्गाना आफै पनि भिआईपी सरह सुविधा सम्पन्न कारमा सयर गर्छन। ललितपुरको जावलखेल स्थित युएन पार्क नजिक रहेको कार्यालयको अवस्था पनि झकिझकाउ र भयंकर छ।

काठमाण्डौंका कयौं स्थानमा ‘नेपाल वाच’का ‘ब्रान्डिङ बोर्ड’ छन्। यसरी हेर्दा प्रालिको खर्च धानी नसक्नु छ। तर, अनलाईनको आयश्रोत खासै देखिदैन। २/३ वटा वाहेक अनलाईनमा विज्ञापन पनि छैन। विज्ञापनको अवस्था हेर्दा मुस्किलले मासिक २÷३ लाख रुपैयाँको स्रोत देखिन्छ। यस वाहेको घाटाको ब्यापार ढुङ्गानाले किन, कसरी र कस्का लागि गरिरहेका छन् ? यो प्रश्न अनुत्तरित छ। उनलाई कसैले परिचालन गरेको र अदृष्य लगानी रहेको उनकै मित्रहरु वताउँछन्। तर, ढुङ्गाना भने यसको जवाफै नदिएर उम्किने प्रयासमा छन् ।

यो अनलाईनको लगानीको विषयलाई लिएर गत असारमै पनि माई सञ्चार डटकम नामको अनलाईनले एउटा सामग्री प्रकाशित गरेको थियो। माई सञ्चारले संचालकको परिचय र कार्यालयको ठेगाना समेत गोप्य राखिएको उल्लेख गर्दै पाकिस्तानी लगानी रहेको आशंका गरेको थियो।

पाकिस्तानी दुतावासले भारत विरुद्धका डकुमेन्ट्री÷भिडियोहरु देखाएर सोहि अनुसारका समाचार उत्पादन र प्रकाशन÷प्रशारण गर्न नेपाल वाचलाई प्रयोग गरिरहेको उक्त समाचारमा उल्लेख थियो। अध्यक्ष ढुङ्गानाले लगानीको स्रोतका विषयमा कुरा गर्नै नचाहनुले उक्त समाचारको सत्यतालाई पुष्टि गर्न थालेको छ। नेपाल आजले पनि केही दिन अगाडि माई सञ्चार डटकमको उक्त समाचारलाई नेपाल वाचको खण्डन पत्रसहित प्रकाशित गरेको थियो ।

ढुङ्गानाले सो सामग्रीका विषयमा भने नेपाल आजलाई खण्डन पठाएका छन् । खण्डन पत्रमा ‘नेपाल वाचलाई पाकिस्तानी लगानी भएको भन्दै आरोप लगाईको’ विषय उल्लेख गरिएको छ र त्यसको प्रमाण पेश गर्न चुनौती दिईएको छ। तर, उक्त समाचार नेपाल आजको नभई माई सञ्चार डटकमको हो भन्ने कुराको हेक्का चाही राखिएको छैन।

वरु उनले नेपाल आजलाई चाही कानुनी कड्घरामा उभ्याउने चेतावनी दिएका छन् । उनका कतिपय स्टाफले त नेपाल आजका सञ्चालक र पत्रकारलाई जेल पुर्याउने सम्मको धम्की दिएका छन् । 
यस्तो छ नेपाल वाचले पठाएको खण्डन पत्र

 

यो पनि

गोरखापत्रबाट तलब, नेपाल वाचबाट बार्गेनिङः यस्तो छ अर्जुन शर्माको ‘चरीखाउ पत्रकारीता’

सात महिना अघि नै ‘नेपाल वाच’ लाई लागेको थियो पाकिस्तानी लगानीको आरोप

खटेर, खपेर काम गर्ने स्वाभिमानी अनुरागीलाई मालिकले लगाए घटिया आरोप !

नेपाल वाचका संचालकको दाबी– टिमले छोडेको होइन, काम नगरेपछि निकालेको हो

पाकिस्तानी लगानीको पोल खुलेपछी सम्पादकसहितको जम्बो टिमले नेपाल वाच छोड्यो

विशेष