News राजनीति

एमसीसी फिर्ता भयो भने नेपालमा ‘लाल साम्राज्यवाद’ को उदय हुन्छ !

एमसीसी फिर्ता भयो भने नेपालमा ‘लाल साम्राज्यवाद’ को उदय हुन्छ !

राजनीतिक विश्लेशक अरुणकुमार सुवेदीले एमसीसी फिर्ता हुने अवस्था आए नेपालमा ‘लाल साम्राज्यवाद’ र त्यसका मतियारहरुको उदय हुने दावी गरेका छन् । एउटा अनलाईनसँग कुरा गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन ।

नेपाललाई ‘लाल साम्राज्यवाद’ एउटा अंग बनाउने चीनको पहिले देखिकै चाख भएकाले एमसीसी फिर्ता भए नेपालमा उसको हाली मुहाली हुने सुवेदीको दावी छ। चीनले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रयोग गरेर नेपालाई उत्तर कोरियाको दिशामा लाने प्रयत्न गरेपनि प्रधानमन्त्री एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई असफल वनाएको सुवेदीले खुलासा गरे ।

‘नेपाललाई लालसाम्राज्यवादको एउटा अंग वनाउने चीनको चाख पहिलादेखिको हो। चीन हाम्रो मित्र राष्ट्र हो। दुईटा कुरामा चीनको चाख प्रति हामीले कहिलै हस्तक्षेप गर्न हुन्न भन्ने कुरामा म प्रतिवद्ध छु । एउटा–एक चाईना नीति र अर्को– तिब्बतमा चीनलाई कुनै पनि प्रकारको डिस्टर्व गर्नु हुँदैन। यो कुरामा म पनि प्रतिवद्ध छु’ उनले भनेका छन्–‘तर, त्यो भन्दा एक कदम अगाडि गएर हामीलाई पेरियोडिकल चुनाव हुने, प्रायोजित परिणाम आउने र एउटा निर्देशित प्रजातान्त्रिक अभ्यास हुने उत्तर कोरियाको दिशामा जो लिएर जाने यत्न भयो।’

नेकपालाई फुट्न नदिने तर, त्यसैभित्र मोर्चावन्दी गरेर ओलीलाई विस्थापन गर्ने अनि नेकपाकै अर्को पात्रलाई प्रधानमन्त्री वनाउने षडयन्त्रका पछाडिको मक्सद डरलाग्दो भएको उनको वुझाई छ। यो मक्सदका पछाडि प्रत्यक्ष रुपमा प्रचण्ड र माधव नेपाल देखिएपनि पर्दा पछाडि भने चीन उभिएको उनको आसय छ। त्यो मक्सद कस्को थियो त भन्ने जिज्ञासामा सुवेदीले भनेका सिलसिलेवार भनेका छन्– एक त कम्युनिष्ट पार्टीकै नेताहरुको थ्यो। प्रचण्ड र माधव नेपालको थियो भन्ने कुरामा त कसैले छोप्नु परेन। 

वाह्य कुरामा अहिले संसारको जुन प्रतिस्पर्धा छ, डेमोक्रेटिक कित्तामा तपाई उभिएर संसारको डेमोक्रटिक फोर्सेससित वस्ने अथवा संसारको अटोक्रेटिक फोर्सेसहरु वस्ने कित्तामा वस्ने। सन्तुलन, असंलग्नताको परराष्ट्र नीतिबाट अव वाँच्न सक्ने परिस्थिती भएन, यो विगत कोभिडको सुरुवात पछाडि। संसारको परिस्थिती यो विकसीत भएर आयो। र यो कम्युिनष्ट पार्टी भित्रको त्यो परिघटना पनि कोभिडको पछाडिनै विकसीत भएर आयो। आन्तरिक पात्र त वहाँहरु हुनुहुन्थ्यो। तर, नेपाललाई लाल साम्राज्यवादको एउटा अंग बनाउने चीनको पहिला देखिको चाख हो ।

कम्युनिष्टहरु एमसीसी जस्ता परियोजनाका सधैं विरोधी
नेपालको इतिहाँसमा कायालट गर्ने पुर्वाधार परियोजनाको विरुद्धमा नेपालको कम्युनिष्ट शक्ति सधैं लागिरहेको रहेको सुवेदीको वुझाई छ।

‘नेपालको इतिहाँसमा यस्ता नेपाललाई कायापलट गर्ने पुर्वाधार परियोजनाहरु र जनताको जिवनस्तरमा तात्विक असर गर्ने पुर्वाधार परियोजनाहरु जो आएका छन् । तिनीहरुमा एउटा अरनिको राजमार्ग छोडेर सम्पुर्ण परियोजनाहरुको विरुद्धमा चै नेपालको कम्युनिष्ट शक्ति नै लाग्यो’ उनले भने–‘हरेक यस्ता परियोजनालाई दुईटा प्राविधिक कोणबाट हेरिन्छ। एउटा आर्थिक र अर्को वित्तिय।  वित्तिय रुपमा आकर्षक भएका परियोजना छ भने प्राभईभेट सेक्टरले पनि त्यसलाई लिएर जान्छ। राज्य सकृय हुनुपर्छ भन्ने छैन। तर, कतिपय परियोजना के हुन्छ भने वित्तिय रुपमा आकर्षक हुँदैन, तुरुन्त त्यसले प्रतिफल दिन सक्दैन। त्यसमा लगानी भएको पैसाको ब्याज तिर्न र सञ्चालन खर्च पनि उठाउन सक्दैन। तर, त्यस्ले जुन आर्थिक कृयाकलाप, जनतामा जुन प्रकारको अरु क्रियाकलाप गर्ने जुन अवसर प्रदान गर्छ, त्यो पुर्वाधार योजनाले । विविध क्षेत्रमा जुन प्रकारको यसले सुविधा प्राप्त गर्छन, औद्योगिकरण ब्यापारीकरणहरुका लागि त्यसको ओभरल जिडिपीमा जुन प्रकारको योगदान हुन्छ, त्यो ठुलो हुन्छ। र त्यसको आर्थिक प्रतिफल चै धेरै ठुलो हुन्छ। त्यो जनता र राज्यलाई हुन्छ। र त्यस्ता परियोजना चै अनुदामा गर्नुपर्ने अथवा राज्यले कुनै न कुनै प्रकारको सब्सिडी दिएर सञ्चालन गर्नु पर्ने हुन्छ, त्यस्ता परियोजना ।

त्यस्तै परियोना हो यो ट्रान्समिसन ट्रान्समिसन लाईन (एमसीसी)। त्यस्तै धेरै परियोनजामा विगतदेखी हेर्नु भयो भने जस्तोः ०११ सालको कोशी सम्झौता। कोशी सम्झौता मानविय रुपले भारतको खासगरीकन विहार राज्यका लागि अत्यन्तै महत्वपुर्ण थियो। र संसारमै साह्रै धेरै मानिसहरुले श्रमदान गरेर वनाएको परियोजना हो। एक करोड विहारका नागरिकले श्रमदान गरेका छन्, त्यहाँ। अव नेपाललाई चै भन्ने कुरा आउँछ। नेपाललाई भन्दाखेरी त्यतिखेर मैले कोशी सम्झौतालाई तीन सय टिटीहरुलाई दाँजेर हेरे । त्यो हेर्दा राम्रै सन्धी पाएँ मैले अरुतिरको भन्दा। हामीले चै के पायौ भने सुनसरी र मोरङको सिचाई। र अर्को त्रिसुली देवीघाट मार्फत काठमाण्डौंमा विजुली । तर, त्यसको पनि वहाँहरु विरुद्धमा आउनु भयो। 

‘तर, नेपालको सयौ विगाह जमिन मरुभुमी भएको चै देखिन्न ? कोशी ब्यारेजले त ठुलै क्षती पुर्यायो नी त ? यसको खुव विरोध हुन्छ’ भन्ने जिज्ञासामा सुवेदीले भने– राहत नपाएको भन्या चै राज्य निम्छरो भएर। त्यसको भयंकर ठुलो नै आलोचना गर्नु पर्छ। राहत भन्दा पनि कम्पनसेसन –क्षतिपुर्ती) पाएको छैन भने। 

दोस्रो चै कसरी विरोध आईराख्या छ कम्युनिष्ट शक्तिहरुको भन्ने। त्यसवेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वन्दै गर्दा पनि भारतबाट जहाज आउँछन् भनेर कम्युनिष्टहरु पार्टीकै नेतृत्वमा त्यहाँ मानिसहरु सुत्न गएका थिए, विरुद्धमा। अहिले त्रिभुवन विमानस्थल नहुने हो भने नेपालको लाईफलाईनको परिकल्पना गर्नोस। ल त्रिसुली देवीघाट त नभएपनि हुन्छ अहिले, प्रसस्त विजुली आए, अव २२० सम्मको भोल्टेज सेगमेन्टको आईसक्या छ। काठमाण्डौं भित्र। 

त्यसपछाडि अरुण थर्डको परिघट्ना हेर्नोस। त्यसले कति ठुलो अपरच्युनिटी लस गर्यौ हामीले। त्यो नेपालको इतिहाँसमा पुर्वाधार विकास र आर्थिक विकासको इतिहाँसमा कालो कर्तुत हो, कसैले गरेको। नेकपा एमालेले गरेको हो। त्यसपछाडि आउँछ, फास्ट ट्रयाक। एउटा कर्पोरेट सेक्टर आएर पुर्वाधारमा लगानी गर्छु भनेको थियो। त्यसमा भायवालिटीका ग्याप फण्डिङको सर्त राख्याथ्यो। संसारमा प्रचलितै कुरो हो भायवालिटीका ग्याप फण्डिङ। त्यो पोलिसीमा हामी गएको भए हुन्थ्यो। राष्ट्रवादको जामा पहि¥याएर हामीले त्यसलाई भयंकर विरोध गर्यो र उत्तेजित भयौ। एक किसिमका हिटम्यानहरुले त्यसमा काम गरे। आज आएर त्यो चै नेपालको राजश्वबाट ४ सय अर्व खर्च गरेर त्यो प्रोजेक्ट वनाउनु पर्ने स्थिती आयो। एक त राजश्वले तलव ख्वाउन नपाएको वेला हरेक नेपालीले अव कर्जा बोकेर त्यहाँ खर्च गर्नु पर्यो। त्यो पनि तीन गुणाभन्दा वढि । यो भन्दा ठुलो राष्ट्रद्रोह अरु के हुन सक्छ ? यो त राष्ट्रद्रोहनै हो।

यस्तै गरेर अहिले एमसीसीमा पनि राष्ट्रदोह भईराखेको छ। र खास गरिकसन कम्युनिष्ट कित्ताहरुबाट राष्ट्रदोह भईरहेको छ। र वचेखुचेका केही चै मैले वुझ्न सकेको छैन। आफुलाई सार्वभौम हुनु पर्छ राजा भनेर मान्यता राख्ने, र आफुलाई राष्ट्रवादी भन्ने। कस्तो राष्ट्रवादी भने यस्तो परिघट्नालाई चै समर्थन गर्ने जुन परिघटनाले जनताको सार्वभौम अधिकारलाई खिचेर एउटा ब्यक्ति (राजा महेन्द्र) मा केन्द्रीत गरियो। एउटा ब्यक्ति सार्वभौम हुनुलाई नै राष्ट्रवाद भन्ठान्ने एउटा क्रोनिक जमात। एकदम सानो जमात देखियो, त्यो वाहेक कम्युनिष्ट कित्ताका धेरै। एमालेलाई छाडेर । एमालेका चै फुटकर नेताहरु भए।

एमालेलाई छाडेर कम्युनिष्ट कित्ताका मान्छेहरु यसमा लागेको देखियो। यो अहिले जाला–रहला ? अहिलेको परिस्तिी रहँदा खेरी जाने नै सम्भावना म वढि देखिरहेको छु । त्यो गयो भने अहिले त म जस्ता धेरै मानछेलाई गालि गरेर मुखको तितो पोख्लान। अवको १० वर्षपछि जसले यो काम गर्यो । तिनीहरु अपराधि ठहरिने छन् । तर, नेपाल लालसाम्राज्यवादको अधिनस्थ भएन र प्रजातान्त्रीक पद्धतिनै वरकरार रह्यो भने। 

लाल साम्राज्यवादको अधिनस्थ हुन सक्छ ? भन्ने प्रश्नमा उनले भने–‘हुन सक्छ। किन भने यस्ले पहिले नै दस्तक दिईसक्यो। आजभन्दा देढ दुई वर्ष अगाडि जव केपी ओली नेकपामा एक्लिन थालेका थिए। एक्ल्याउन प्रयत्न भईरहेको थियो। केपी ओलीका विरुद्ध नेकपा भित्रै मोर्चावन्दी भईरहेको थियो। नेकपालाई फुट्न नदिने उनलाई विस्थापन गरेर नेकपाकै अर्को पात्रलाई प्रधानमन्त्री वनाउने ।त्यो षडयन्त्र भईरहेको थियो। त्यसको पछाडिको मक्सद चै डरलाग्दो छ। 

अरुणकुमार सुवेदी

विशेष