News राजनीति

ओलीको किर्ते काममा एमाले सांसदकै आपत्ति !

ओलीको किर्ते काममा एमाले सांसदकै आपत्ति !

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा लफडा भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रकरणमा नेतृत्वले सोच विचार गरेर काम गर्ने भन्दै खाली कागजमा सांसदहरुको हस्ताक्षर गराउन थालेपछि लफडा भएको हो ।

५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरे। भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । 

बैठकमा चार वटा फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमै असहमति जनाए भने चार सांसदले हस्ताक्षर गर्न अस्वीकार गरे।

के प्रयोजनका लागि हो भन्ने थाहा नपाएपछि हस्ताक्षर नगरेको झपट रावलले वताए । तर, वैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए । 

सांसद महेश बस्नेतले  सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए । उनले न्यायाधीशविरुद्ध होइन सभामुखविरुद्ध लाग्नुपर्ने धारणा राखे। 
 

एमाले संसदीय दल चोलेन्द्रशमशेर जबरा खाली कागज

विशेष