News मनोरञ्जन

भ्यालेन्टाईन डेः किन गर्ने पत्रकारसँग डेट, यस्ता छन् कारण 

भ्यालेन्टाईन डेः किन गर्ने पत्रकारसँग डेट, यस्ता छन् कारण 

प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने गरिन्छ। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे। निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि यो दिवस उत्तिकै महत्वपूर्ण छ । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि हुदैन। प्रेम गर्नका लागि कुनै सीमितता छैन। यो त एउटा बाँच्ने आधारशिला हो । प्रेम जात, धर्म, पेश, ब्यवसाय वा अन्य कुनै सिमा भित्र अटाउँदैन। यो जुनसुकै वेला र जोसँग पनि हुन सक्छ।

भ्यालेन्टाईन डे कै दिन पारेर हामीले पत्रकारसँग डेट किन गर्ने भन्ने विषयमा ‘स्टोरीपिक’ को सहयोग लिएर यो सामग्री तयार गरेका छौ । उसो त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकोले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ ।

यस्तोमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चित जस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ ।

राम्रा ठाउँबारे जानकारी
पेशा र कामका कारण पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन्। तर, वास्तबमा त्यस्तो होईन, उनीहरु सधै ब्यस्त हुन्छन्। कामको चाप उनीहरुका लागि सधैंको तालिका हो। उनीहरु विभिन्न कार्यक्रममा पुगिरहनुु पर्ने हुन्छ। त्यसैले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ, जुन घुम्न र रमाउँनका लागि उपयुक्त हुन्छ। राम्रो ठाउँ घुम्नका लागि उनीहरु सहयोगी हुन सक्छन् ।

सिर्जनशील/रोचक र अन्यहिन साथ
पत्रकारको पेशा नै लेख्नु हो। त्यसैले उनीहरु सिर्जनशील हुन्छन्। समाचार, फिचर, विचार लाई भिन्न र पठनिय वनाएर प्रस्तुत गर्न उनीहरु निपुण हुन्छन्। त्यसैले तपाईलाई उनीहरुले सुन्दर प्रेम पत्र तथा साहित्य सिर्जना मार्फत खुसी पार्न सक्छन् । 

यति मात्र होईन, पत्रकारहरु वाककलामा पोख्त हुन्छन्। कस्तो ब्यक्तिसँग कसरी प्रस्तुत हुने र कस्को कुरा गर्ने भन्ने विषयमा उनीहरु परिचित हुन्छन्। यदि पत्रकारसँग डेट गर्न चाहानु हुन्छ र सम्वन्धमा हुनुहुन्छ भने गफगाफ निकै रोचक र अन्त्यहीन हुनसक्छ ।

पहिलो प्राथमिक्ता प्रेम/पैसा दोस्रो
पत्रकारिता पेशा पैसा कमाउनका लागि होईन। जो भरमार पैसा कमाउने सपना देख्छ, उ पत्रकारिता पेशामा लाग्दैन। त्यसैले पत्रकारका लागि पैसा दोस्रो प्राथमिकताको विषय हो। जसकारण तपाईंलाई उनीहरूले प्राथमिकताको लिस्टमा पैसाभन्दा माथि नै राख्ने छन् ।

‘मल्टिटास्क’मा पोख्त
कहिले नसकिने डेडलाइन, फोन कलमार्फत अनवरत कुराकानीसँगै जानकारी टाइप गर्नेदेखि प्रेसरयुक्त वातावरणमा पनि पत्रकार काम गर्न सक्छन् । जसको कारण उनीहरूमा मल्टिटास्कको क्षमता विकास भएको हुन्छ । उक्त प्रवृतिकै कारण उनीहरू आफ्ना काम अनि सम्बन्धलाई पनि उचित समय व्यवस्थापन गर्न सक्छन् । दिनभरको थकित कामपश्चात पनि उनी आफ्ना प्रिय ब्यक्तिलाई माया प्रकट गर्न बिर्सिंदैनन् । प्रेम/सम्वन्धमा विश्वास प्रमुख विषय हुन्छ। पत्रकारहरु भरोसाका नमुना हुन। महत्वपूर्ण जानकारी रेकर्ड राख्नेदेखि स्रोतको विश्वास उनीहरूले जितेका हुन्छन् । स्रोतलाई कसरी सुरक्षित राख्ने भन्ने विषय उनीहरुको पहिलो प्राथमिक्ताको विषय हो। त्यसैले उनीहरु आफुभित्र सुचनाको भण्डार नै वोकेर हिडेपनि स्रोतलाई असर पुग्ने अवस्था आए त्यसलाई आफु भित्रै सिद्याउन पनि सक्छन् । यदि पत्रकारसँग डेट गर्नुहुन्छ भने उनीहरू तपाईंका रहस्यहरू गोप्य राख्न भरोसायोग्य पात्र हुनसक्छन् ।

‘स्पेस’ दिन्छन्
पत्रकारहरूलाई स–साना विषयमा झगडा, तर्क गर्ने समय हुँदैन । दैनिकचर्याको लेखाजोखा पनि उनीहरूले तपाईंबाट लिँदैनन् । जसकारण तपाईंलाई आफ्नो ‘स्पेस’ दिन्छन् । र, सोही प्रकारको व्यवहार आफ्नो लागि पनि अपेक्षा गर्छन् ।

मेहेनती हुन्छन्
पत्रकार हुनु सजिलो छैन । उनीहरू मेहेनती र सहनशील हुन्छन् । पब्लिक रेलिसन बनाउनेदेखि समाचारको लागि स्रोतसँगको समय बिहान, दिउँसो, साँझ जुनसुकै समय पनि उनीहरू तयार रहन्छन् । अल्छीपना उनीहरूमा हुन्न । सही समयमा सही जानकारी र कामको हेक्का उनीहरूलाई हुन्छ । सोही नियम उनीहरूको दैनिक जीवन तथा सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध सुमधुर बनाउन पनि उनीहरू उत्तिकै मेहेनत गर्छन् ।

वाचकमात्र नभई कुशल श्रोता पनि
पत्रकारसँग सुनाउन र बताउनको लागि निकै रोचक किस्साहरू हुन्छन् । गफिनेसँगै उनीहरू कुशल श्रोता पनि हुन्छन् । उनीहरू ध्यान दिएर तपाईंहरूलाई सुन्छन्, जुन एउटा सम्बन्धका लागि अत्यन्त आवश्यक हुन्छ । यसका साथै, उनीहरूले स–सानो हिन्टबाट पनि तपाईका धेरै कुरा बुझिहाल्छन् ।

सहयोगी हुन्छन्
उनीहरू सहयोगी स्वभावका हुन्छन् । चाहे त्यो कम चिनजान वा थोरै मात्र सामिप्यता भएकै किन नहोस् । उनीहरूले चिनेजानेको स्रोत तथा समुदायबाट तपाईंलाई सहयोग गर्न कुनै कसर छोड्दैनन् ।

‘फ्रि टिकट’को सुविधा
पत्रकारहरूलाई कम्पिलिमेन्टरी टिकट मिल्ने गर्दछ । यदि तपाईंलाई कतै जानु छ, नाटक हेर्नु छ, घुम्नु छ भने ‘फ्रि टिकट’ को व्यवस्था उनीहरूले गर्न सक्छन् ।

प्रणय दिवसको यहाँहरू सबैमा प्रलय शुभकामना ।

प्रणय दिवस प्रेम दिवस भ्यालेन्टाइन डे

विशेष