चुनावको मुखैमा कांग्रेसले किन भंग गर्यो भातृ संस्था ?
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मुखैमा १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन गर्न नसकेका १० भ्रातृ संस्थाको समिति भंग गर्ने निर्णय गरेको हो।
सरकारले वैशाख ३० गते स्थानीय तहको चुनवा गर्ने मिति घोषणा गरेको छ। चुनावको मुखैमा भातृसंगठन भंग गरिएपछि सर्वसाधारणले आश्चर्य मानेका छन् । तर, फागुन मसान्तभित्रै तदर्थ समिति गठन हुने कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले फागुन अन्तिम्मसम्म नयाँ तदर्थ समिति बनाउने अधिकार सभापतिलाई दिइएको जानकारी दिए।
कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको हो ।
कार्यकाल समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वतः विघटन भएकाले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिइएको उनको भनाई छ। बैठकले नेपाल दलित संघको हक भने केन्द्रीय महाधिवेशन गर्न निर्देशन गरेको छ । प्रवक्ता महतले दलित संघको सबै जिल्ला अधिवेशन भइसकेकाले आगामी चैत्र ७, ८, ९ र १० गते अधिवेशन गर्न निर्देशन गरिएको बताए ।
बैठकले पार्टी विधानबमोजिम भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरू महाधिवेशनबाट पार्टीका विभिन्न पदमा निर्वाचित भएको भए उनीहरूको पद स्वतः रिक्त भएको भन्दै ती पदमा पदपूर्ति गर्ने निर्णय गरेको छ । बैठकले अवधि समाप्त भएका शुभेच्छुक संस्थाहरुलाई समेत तत्काल अधिवेशन सम्पन्न गराउन निर्देशन गरेको छ ।
नेपाली काँग्रेस