News अपराध सुरक्षा स्वास्थ्य

खोपमा सरकारी निकायबाटै कालोवजारी भएको खुलासा

खोपमा सरकारी निकायबाटै कालोवजारी भएको खुलासा

सरकारले निशुल्क लगाउने भनेको कोरोना विरुद्धको खोप सरकारी निकायबाटै कालोवजारी गरिएको खुलासा भएको छ।

कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय छानविन समितिले यस्तो खुलासा गरेको हो ।

छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको बताएको छ । समितिले तयार पारेको प्रतिवेदन अनुसार अभियानका क्रममा पैसा लिई खोप लगाएको पाईएको छ।

सायद यही कुरा पुष्टि गर्न हुन सक्छ, स्वास्थ्य मन्त्री विरोध खतिवडा स्वयमले ‘मैले ५ हजार तिरेर खोप लगाएको’ भन्दै अभिब्यक्रि दिएका थिए। तर, एमालेका सचिव योगेश भट्टराईले उनले कहाँ, कहिले र कसरी खोप लगाएका थिए ? भन्ने सम्मका रेकर्डसहित विज्ञप्ति जारी गरेपछि उनी आलोचित भएका छन् । तर, समितिको प्रतिवेदनले उनले उठाएको विषयलाई भने पुष्टि गरेको छ।

समितिले, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको प्रतिवेदन वुझाउँदै खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ ।

यो पनि

स्वास्थ्य मन्त्रीले नै कोरोनाको खोप ‘किनेर लगाएँ’ भनेपछि...

खोप

विशेष