News स्वास्थ्य

सांसदकै संलग्नतामा यसरी भएको रहेछ कोरोना खोपको कालोबजारी!

सांसदकै संलग्नतामा यसरी भएको रहेछ कोरोना खोपको कालोबजारी!

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोशी देखाउन खोज्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा आफैं फस्न थालेका छन् । ओली सरकारलाई लगाएको आरोप पुष्टि हुनु नसक्ने अवस्था आएपछि उनी आलोचनाले घेरिन थालेका छन् ।

मन्त्री खतिवडाले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिने क्रममा ‘कोरोना भाईरस विरुद्धको पहिलो चरणको खोप ५ हजारमा किनेर लगाएको’ वताएका थिए । उनको आसय ओली सरकारले कोरोना विरुद्धको खोप सरकारी स्तरमै कालो वजारी भएको भन्ने छ। ‘अघिल्लो चोटी मैले ५ हजारमा खोप लगाएको छु । मैले लगाएको छु ५ हजारमा खोप’ उनले खोप कालो वजारी भएको विषयलाई पुष्टि गर्दै भनेका छन्–‘नेपालमा सरकारले वाहेक खोप कसैले ल्याएकै छैन। नीजि क्षेत्रलाई दिएको छैन। सरकारले ल्याएको खोप मैले ५ हजारमा लगाएको छु। त्यो ५ हजारमा लगाउने ठाउँमा कसरी पुग्यो ?’

‘त्यो वेला प्रश्न गर्नु भएन ?’ भन्ने जिज्ञासामा उनले लाचारी प्रकट गर्दै मलाई ज्यान वचाउनु थियो, त्यसैले त्यतातिर नलागेको जवाफ दिएका छन् । ‘मलाई ज्यान वचाउनु थियो। कयौं चिजहरु कस्तो हुन्छ भने अन्यौल हुन्छ, हेर्नोस’ उनले भनेका छन्–‘म आफै एमपी किन लगाएको त्यस्तो ? तर, मलाई त्यो वेलामा ज्यानको मायाँको हतार थियो, मैले लगाएँ। सरकारले दिन सकेन। मलाई डर लाग्यो मेरो ज्यानको। यहाँ पाउँछ ५ हजारमा भने मैले लगाए।’

यति भनेपछि उनले प्रश्नकर्तालाई नै यो प्रसंग नकोट्याउन संकेत गरेका छन् । ‘अव यसलाई नै लम्ब्याएर तपाई किन लगाईस, तँ मुद्दामा जानु पथ्र्यो। अव यस्ता–यस्ता फण्डामा जानु हुन्छ भने त बहस त्यतै केन्द्रित गर्नोस।’– उनले भनेका छन्। 

उनले अघिल्लो सरकारको पालामा खोपमा वैमानी भएको दावी गरेका छन् । अहिले आफनो पालामा भने उनले निशुल्क खोप दिईएको र त्यस्तो किनवेच नभएको दावी गरे। ‘न किन्ने, न वेच्ने ठाउँ छ। निशुल्क वाँडेपछि त्यो चोरी हुनुपर्ने कुनै जरुरी नै छैन। सूरुमा चै अभावमा ब्ल्याकमा वेच्ने भएको होला।’ अघिल्लो सरकारका पालामा खोप विक्रि भएको थियो भने यो सरकारका पालामा पनि विक्रि हुन सक्छ भन्ने विषयलाई उनले सम्भावना विहिन अवस्थाको रुपमा ब्याख्या गरेका छन् ।

खोपको कालोवजारी हुँदा सांसद मौन 
०७८ जेठको पहिलो साता चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर सांसद् गंगा चौधरीको घरमा भेटिएपछि उनी बिवाद्मा तानिएकी थिईन। दाङबाट निर्वाचित एमाले सांसद चौधरी बस्ने बानेश्वरको ओमशान्तिचोकस्थित डेरामा केही थान सिलिन्डर फेला परेका थिए।

सांसद चौधरी आफूमाथि लागेको आरोप स्वीकार्न तयार भईनन्। तर, उनीमाथि लागेको आरोप भने उनले रोक्न सकिनन् । चौधरीले त आरोप स्विकारिनन तर, सोही आरोप मन्त्री खतिवडामा भने पुष्टि हुन थालेको छ।

मन्त्री खतिवडाले निशुल्क भनेको खोप किनेर लगाएको स्विकारेका छन् । जस्ले उनी जनताप्रति उत्तरदायी नभएको पुष्टि त भएको छ नै खोपको कालोवजारी गराउनमा भुमिका खेलेको समेत पुष्टि भएको छ। सांसद जस्तो गरिमामय पदमा वसेर आफनो ज्यान वचाउनका लागि आफुले अन्य कुनै कुरा नसोचेको र नखोजेको भन्नुले उनी कति हदसम्म जान सक्दा रहेछन् भन्ने कुराको पुष्टि हुने स्थानीय स्तरका राजनीतिककर्मीहरु वताउँछन्।

संलग्नलाई कारवाही गर्न केले रोक्यो ?
मन्त्री खतिवडाले खोप किनेर लगाएको विषय स्विकारेपछि उनीप्रति जनस्तरबाट एउटा प्रश्न जवरजस्त रुपमा उठेको छ। त्यतिवेला ज्यान वचाउन अरु केही नखोजेका खतिवडा अहिले किन चुप लागेर वसेका छन् ?

स्वास्थ्य मन्त्री भएको झण्डै आधा वर्ष वितिसक्दा पनि उनले संलग्न ब्यक्तिलाई कारवाही किन गरेनन् ? भन्ने प्रश्न अहिले सर्वसाधारणले उठाउन थालेका छन। ‘मन्त्रीले जुन ठाउँमा कोरोनाको खोप किनेर लगाए, त्यो ठाउँ खोप विक्रि गर्नेलाई नंग्याउने पहिलो खुड्किलो हुन सक्छ’ सरोकारवाला भन्छन्–‘त्यो गर्न उनलाई कस्ले रोकेको छ ?’

एमालेको आपत्ति
स्वास्थ्य मन्त्रीले नै खोप किनेर लगाएको बताएपछि एमालेले त्यसको प्रतिवाद गरेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै त्यो विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको राजीनामा मागेका छन ।

विज्ञप्ति अनुसार ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई पहिलो चरणको खोप सिभिल अस्पतालमा निःशुल्क उपलब्ध गराएको थियो। मन्त्री खतिवडाले पनि सोही समयमा खोप लगाएको पाईएको छ।

सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर पहिलो दिन १९ गते नै खतिवडाले खोप लगाएको पाईएको छ। त्यहाँ उनले हस्ताक्षरसमेत गरेका छन् । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिसिल्ड खोप लगाएको देखिन्छ ।

यो पनि

खोपमा सरकारी निकायबाटै कालोवजारी भएको खुलासा
स्वास्थ्य मन्त्रीले नै कोरोनाको खोप ‘किनेर लगाएँ’ भनेपछि...

विरोध खतिवडा कोरोना भाईरस विरुद्धको खोप

विशेष