News विदेश Breaking News

पाकिस्तानी हजारा परिवारको हत्यापछि मृतकले बुझेनन् शव, न्याय नपाएसम्म दाहसंस्कार नगर्ने चेतावनी

पाकिस्तानी हजारा परिवारको हत्यापछि मृतकले बुझेनन् शव, न्याय नपाएसम्म दाहसंस्कार नगर्ने चेतावनी

 

इस्लामावाद । पाकिस्तानको सबैभन्दा ठूलो तर कम जनसङ्ख्या भएको र गरिब प्रान्त बलुचिस्तानका जातीय हजाराहरूलाई लामो समयदेखि राज्य पक्षले नै सताएको छ। उनीहरुले मानेको धार्मिक आस्थाका आधारमा उनीहरुलाई सताउने, लक्षित हमला र ठूला ठूला बम विष्फोटहरूले विगत दुई दशकहरूमा सयौंको ज्यान लिएको छ।

पाकिस्तानको जातीय हजारा समुदायका सयौं सदस्यहरूले दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लक्षित हमलामा कोइला खानीका १० कामदारको हत्या भएपछि चर्को विरोध प्रदर्शनहरु भइरहेका छन्। उनीहरुले सरकारले आफ्ना मागहरू पूरा नगरेसम्म आफ्ना मृतकहरुको शव पनि नबुझ्ने र दाहसंस्कार पनि नगर्ने चेतावनी दिएका छन्। 

एक दिन अघि खानी कामदारको हत्याको विरोधमा सोमबार प्रान्तीय राजधानी क्वेटाको पश्चिमी भागमा राजमार्गमा जम्मा भएका प्रदर्शनकारीहरूले उनीहरूका आफन्तहरूको कफिनहरू तिनीहरूको अगाडि भुइँमा राखेका थिए।

यो राज्यको के अपराध गरेका थिए, ती निर्दोष कामदारहरुले? आफन्तहरुले ती निर्दोष कामदारहरुको अपराध के थियो भन्दै राज्यलाई प्रश्न गरिरहेका छन्। अज्ञात बन्दुकधारीहरूले आइतवार क्वेटाबाट ५० किलोमिटर पूर्वमा माच सहर नजिकको एउटा कोइला खानीमा आक्रमण गरे र देशको अल्पसंख्यक शिया समुदायका सदस्य र विशिष्ट अनुहारका विशेषता भएका हजारा जातिहरूलाई उनीहरूको आवासीय क्वार्टरबाट बाहिर निकाले।

त्यसपछि उनीहरूले उनीहरूलाई नजिकैको पहाडमा लगे जहाँ उनीहरूले उनीहरूमाथि गोली चलाउँदा धेरै व्यक्तिको मृत्यु भयो, स्थानीय सुरक्षा अधिकारी मोअज्जम अली जतोईले आइतबार समाचार एजेन्सीहरूलाई भने।

वरिष्ठ सुरक्षा अधिकारी हाफिज अब्दुल बासितले सोमबार अल जजीरालाई हमलामा १० व्यक्तिको मृत्यु भएको पुष्टि गरे, समाचार एजेन्सीहरू र प्रधानमन्त्रीको कार्यालयले मर्नेहरूको संख्या ११ जना भएको रिपार्ट गरेको थियो। 

सशस्त्र समूहले अमाक समाचार सेवाको पोस्टमा आक्रमणको जिम्मेवारी लिएको छ। दावीको साथमा एउटा तस्विरमा दुई हतियारधारी व्यक्तिहरू तीनवटा शवमाथि उभिएको देखाइएको छ, जसको पृष्ठभूमिमा तालिबानको झण्डा झुण्डिएको थियो।

विशेष